त्यसै पनि मङपु साहित्य, कलाको धनी क्षेत्र जहाँ पहाडकै एकमात्र सरकारी उद्योग सिन्कोना कारखाना अवस्थित छ भने यहाँ पर्यटनको पनि दिनोदिन थुप्रै सम्भावनाहरु बडेर गएको देख्न पाइन्छ | सिन्कोनाको ऐतिहासिक कारखानाहरु, विश्वकवि रविन्द्रनाथ ठाकुरले चलाएका कागज कलम अनि टेबल कुर्सी आदिको संग्राहलय, विभिन्न औषधिमुलक झारपात, फलफूल आदिका नर्सरीहरु, डेड सय भन्दा अधिक प्रजातिका सुनखरी फूलको सिम्बिडीयम अर्किड पार्क साथै जोगीघाटको प्राकृतिक मनोरम दृश्यहरुले पर्यटकहरुको मन जित्न चुकेको छैन | यस्तै थुप्रै सम्भावनाहरुलाई अझ बडत दिन हाल सिन्कोना अनि अन्य औषधीय पौधाहरुका निर्देशक डा० सामुयल राईले हरेक सिन्कोना विभागहरुमा बगान अनि क्षेत्र सुन्दरीकरण कार्य बगानकै एउटा अभिन्न हिस्सा बनाएर लगेको छ | हाल हरेक विभागहरुमा सिन्कोना अन्य औषधीय खेतीहरुको साथसाथमा क्षेत्रलाई सुन्दरीकरण गर्ने कार्य पनि केही वर्षदेखि थालिएको छ | उनकै बिशेष निर्देश अनि दुरदर्शितामा मङपुको सडक भएर राष्ट्रीय राजमार्ग १० ए झर्ने सडकका किनारहरुमा आकर्षक बिसौनी चौतारोहरु क्षेत्र सुन्दरीकरणको रुपमा निर्माण गरिने कार्यहरु भइरहेको छ | डा० राईले एउटा कार्यशालामा भने अनुसार मङपु सिन्कोना बगान पस्ने बितिक्कै कुनै आगन्तुकलाई बेग्लै अनुभव होस्, जस्तो अनुभव अन्य स्थानहरुतिर नहोस र सिन्कोना बगान पस्नुको छुट्टै अनुभाव मनमा खिलेर गएको हुनपर्छ भन्दै सुन्दरीकरणलाई प्राथमिकता दिएका थिए | यसै अनुरुप मङपु क्षेत्रका विभिन्न सडकका किनारहरुमा एजेल्लिया फूलहरु पनि रोप्ने कार्य भएको छ जुन कार्य रङजु भेल्ली पुग्न अघिको सडक किनारहरुमा पनि भयो भने यहाँ मङपुको विभिन्न नर्सरी, बङलो, कार्यलाई जाने सडकका किनारहरुमा पनि एजेल्लिया फूल रोप्ने कार्य भयो | बर्तमान यहाँको मङपु विभाग पुग्न अघि हावाघर डांडा अनि जोगीघाट पुग्न अघि निर्मित यस्ता बिसाउने चौतारीहरुले यही सडक भएर हिड्ने पर्यटकहरुको मन जित्न थालेको र गाडी रोकेर फोटो खिच्दै चौतारोमा रमाइलो गरेको देख्न थालेको छ | यसरी मङपु सिन्कोना बगानलाई अझ आकर्षक र अतुलनीय बनाउन चाहने निर्देशकको सपनालाई सबैले नै साथ दिन आवश्यक रहेको बुझिएको छ ||
सिन्कोना निर्देशकको पहलमा सुन्दरीकरण
loading...
Post a Comment
We love to hear from you! What's on your mind?