सिन्कोना निर्देशकलाई चाडो कार्यान्वयनको माग गर्दै दातडुप्लालेयु

Darjeeling Terai Dooars Plantation Labour Union flag
आफूहरुले सिन्कोना बगानका श्रमिक तथा कर्मचारीहरुको हितमा धेरै कार्यहरु गरेको अनि सफल भएको अडान राख्ने गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन जसले सिन्कोना बगानमा पदोन्नति कार्य १५ दिन भित्रमा हुने घोषणा गरेका थिए भने आज फेरि यही युनियनले सिन्कोना अनि अन्य पौधाहरुका निर्देशक डा० सामुयल राईलाई उनको कार्यलयमा गइ महत्वपूर्ण भेटवार्ता गरेको छ | केही दिन अघि मात्र सीपीएम पार्टीका सिन्कोना मजदुर युनियनले पनि निर्देशकसित सिन्कोना श्रमिक अनि मजदुरहरुकै हितको निम्ति भेट गरेका थिए भने मोर्चाको यो भेट अझ महत्वपूर्ण रहेको बताइएको छ | भेटवार्तामा युनियनले धेरै अघिदेखि नै उठाइएको मागहरु फेरि डोहोराउने काम गरेको छ जसमा १५ दिनभित्रमा पदोन्नति हुने प्रक्रिया निर्देशालयले आउँदो १ मार्चदेखि कार्यान्वयन गरोस भनि पुन: माग उठाएको छ | जुन पदोन्नति श्रमिकदेखि कर्मचारीमा नियुक्ति वा पदोन्नति झट्टै गरियोस, सिन्कोना बगान अधिनस्थ अम्बटेको जमीन सुरक्षित हुनपर्छ, प्रशासनिक औं जनहितको निम्ति रेशेप र नक्सल क्षेत्रलाई बगानको अलग विभाग बनाउने युनियनको पुरानो मागलाई शिघ्र प्रक्रिया गरिनुपर्ने, निर्देशालयबाट शुरु गरिएको विविध कार्ययोजनाहरु सफल भएको अडान राख्दै यसमा कार्यरत श्रमिकहरुलाई चाडो स्थायीकरण गरिनुपर्ने जस्ता महत्वपूर्ण विषयहरु युनियनले आफ्नो माग पत्रमा सामेल गरि निर्देशलयलाई सुम्पेको छ | यसको साथै धेरै वर्षअघि देखि सिन्कोना विभागहरुमा विभागीय अधिकारी नभएको कारण व्यवस्थापकले नै सबै विभागहरु हेर्नु पर्ने हुँदा विभागलाई भने जस्तो हेरचाह नपुगेको अवस्था भएकोले यी रिक्त पदहरुमा चाँडो गरि अधिकारीहरु नियुक्त गरिनु पर्ने माग पनि युनियनले उठाएको छ | जुन रिक्त पदहरु धेरै वर्ष अघिदेखि थाँतीमा रहिआएकोले भविष्यमा यो पद हटाएर सरकारले विभागीय अधिकारी बिनानै सिन्कोना चलाउन सक्ने पनि युनियनको पूर्वानुमान छ यसैले यो पदलाई चाँडो गरि फेरि अस्तित्वमा ल्याउन जरुरी रहेको युनियन पक्षले जनाएको छ | आज सिन्कोना निर्देशकसित भेट गर्ने टोलीमा सभासद गोपाल रुचाल, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन केन्द्रीय समिति सचिव गगन राई, ४५ नम्बर समष्टि मोर्चा सभापति सन्तोस खवास, दातडुप्लालेयु मङपु जोन सभापति सुरेन राई, केन्द्रीय समिति सदस्य गुलसन गुरुङ, मुकेश मंगर लगायत सिन्कोनाका चौधवटा बगानका प्रतिनिधिहरु सामेल थिए || 
loading...

आफूहरुले सिन्कोना बगानका श्रमिक तथा कर्मचारीहरुको हितमा धेरै कार्यहरु गरेको अनि सफल भएको अडान राख्ने गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन जसले सिन्कोना बगानमा पदोन्नति कार्य १५ दिन भित्रमा हुने घोषणा गरेका थिए भने आज फेरि यही युनियनले

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.