कालिझोड़ामा अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटिको सभा

Gautam Buddha statue india
आज कालिझोड़ा स्थित प्राथमिक पाठशाला प्रांगणमा अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटि (All Bengal Buddhist Development Committee| को एक सचेतना सभा स्थानीय क्षेत्र प्रतिनिधिहरुको उपस्थितिमा कमिटि उपाध्यक्ष सोनाम टी भुटियाको सभापतित्वमा सम्पन्न भयो | सभामा क्रमैले प्रकाश बोम्जन कलिझोडा द्वारा उपस्थित प्रतिनिधिहरुलाई स्वागत जनाउंदै कमिटि प्रतिनिधिवर्ग भाइस चेयरमेन सोनाम टी भुटिया, महासचिव आकाश लामा, सहसचिव रतन बोम्जन, प्रचार प्रसार सचिव सुरेन पाख्रीन, कार्यकारी सदस्य लनम लामा, एसएस घिसिंग आदिसंग परिचय गराए |
रतन बोम्जनले सभा डाक्नुको उदेश्य बताउंदै आजसम्म पनि बौद्धहरु एकबद्ध नहुनुको कारण संसारले मनिलिएको बुद्ध जयन्ती जस्तो पवित्र अनि महत्वपूर्ण तिथिलाई भारतवर्ष भित्र ग्याजेटेड होलिडे घोषित नहुनु अति ठूलो बिडम्बना भएको मन्तब्य पोखे | यसको निम्ति अब बौद्ध धर्मावलम्बी सबै जागी एक भइ सरकार माथि चाप सृष्टि गर्न आगमी १९ मार्च २०१७ को सिलिगुडीमा सम्पन्न गरिने महा बौद्ध रयालीमा भाग लिने अपिल गरे | भाइसचेयरमेन सोनाम टी भुटियाले बौद्धहरुको एकता नै सफलताको मूल मन्त्र हो भन्दै अब माइनोरिटि नभई माइनोरिटिमा प्रस्तुत हुन पर्ने बताए | आगमी १९ मार्चको बौद्ध शान्ति रयालीलाई पूर्ण सफल पार्न घर घरबाट सिलिगुडीमा भेला भइदिने अपिल गरे | सभालाई सम्बोधन गर्दै लनम लामाले केवल पुजा पाठ मात्र नगरी बौद्धहरुको बिकाश कसरी हुन्छ त्यो पनि सोंच्ने आह्वान गरे | एसएम घिसिंगले पनि बङ्गालमा बौद्धहरुको स्तिथि नगण्य हुनु लामाहरुले राखेको नाम परिवर्तन गरी विभिन्न नामहरुले प्रमाण पत्र बनाएकोले गर्दा हो भनी बताए | जेनरलसेक्रेटरी आकाश लामाले विगतका संगठनहरु अल इण्डिया भएको अब यो अल बेंगाल भइ आएको भन्ने बताउंदै पहिला बङ्गालबाट पार गरी त्यसपछि अल इण्डिया स्तरमा काम गर्ने बताउंदै यस पवित्र संघर्षमा सबै बौद्धहरुले सहयोग गरी आगमी दिनमा हुने महाबौद्ध रयालीमा सबैलाई सहभागी गराउन यस क्षेत्र वरिपरिबाट कन्भेनर नियुक्त गर्दै चीफ कन्भेनर प्रकाश बोम्जन कालिझोड़ा, कन्भेनरहरु क्रमैले रोशनी तामांग, शैलु गुरुङ, पासांग लामा कान्दुंग आदिलाई नियुक्ति पत्र दिइयो | सभामा रोशनी तामांग, बलबीर तामांग, पाल्कुन लामा आदिले सम्बोधन गर्दै आफुहरुबाट संगठनलाई पूर्ण रुपमा सहयोग गर्ने बिचार पोखेको जानकारी संगठनका प्रचार प्रसार सचिव सुरेन पाख्रीनले दिएको छ ||
loading...

आज कालिझोड़ा स्थित प्राथमिक पाठशाला प्रांगणमा अल बेंगाल बुद्धिष्ट डेभलोप्मेन्ट कमिटि (All Bengal Buddhist Development Committee| को एक सचेतना सभा स्थानीय क्षेत्र प्रतिनिधिहरुको उपस्थितिमा कमिटि उपाध्यक्ष सोनाम टी भुटियाको सभापतित्वमा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.