तामांग अधिवेशनमा मिस तामांग सौन्दर्य प्रतियोगिता २०१७ हुने

32 Annual conference at mungpoo by all india tamang buddhist association
अखिल भारतीय तामांग बौद्ध संघको तत्वधानमा २१ जनवरीदेखि आयोजन हुन लागेको ३२ औं वार्षिक अधिवेशनमा २३ जनवरीको दिन मिस तामांग सौन्दर्य प्रतियोगिता २०१७ पनि सम्पन्न हुने भएको छ | बर्तमान नव युवा – युवतीहरुको रुचिलाई हेरेर नै आयोजक समितिले यस कार्यक्रमको पनि आयोजना गर्ने निर्णय लिएको समितिबाट जानकारी प्राप्त छ | उक्त प्रतियोगितामा भाग लिनको निम्ति तामांग कन्याको उमेर १६ देखि २० वर्ष सम्मको हुन पर्नेछ | मूलत: तामांग भाषा (सङला ताम) अनि तामांग भेष – भूषालाई बिशेष मान्यता दिनेछ | प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीवर्गले आयोजक समितिसित समयमै सम्पर्क राख्ने समितिले जानकारी प्रचार प्रसार सचिव सुरेन पाख्रिनले दिएको छ | एकातिर अधिवेशनको कार्यसुचीमा नयाँ कार्यक्रमहरु जोडिने कार्य भइरहेको छ भने अर्कोतिर यस ३२ अधिवेशन सम्पन्न गराउन यहाँको मङपु जन मैदानमा स्टेज आदिको तयारी युद्ध स्तरमा चलिरहेको छ | यसै कार्यकमको थप आकर्षणको रुपमा गत ९ जनवरीको दिन डीन्छेन शेरप छोइलिङ गुम्बा नालीडांडा मङपुमा टुल्कु जिग्मी दोर्जीकिओ सभापतित्वमा बसेको सभा अनुसार मङपु जन मैदानमा हुन गइरहेको यस ३२ औं अधिवेशनमा महामहिम डिन्छेन रिम्पोर्छेको पुन: अवतार अवतारी ग्युर्मे उर्गेन छ्योडक उक्त अधिवेशन अवधिभरि उपस्थित रहने जानकारी पनि गुम्बा उप – प्रभारी लामा पाल्जोरले दिएको छ ||
loading...

अखिल भारतीय तामांग बौद्ध संघको तत्वधानमा २१ जनवरीदेखि आयोजन हुन लागेको ३२ औं वार्षिक अधिवेशनमा मिस तामांग सौन्दर्य प्रतियोगिता २०१७ पनि सम्पन्न हुने भएको छ | बर्तमान नव युवा –

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.