लाब्दा बस्तिमा नि:शुल्क स्वास्थ्य जाँच शिविर

Free health checkup camp labdah busty
गत आइतबार ग्राम सेवा संघ लाब्दा बस्ती, केएफसी सिलिगुडी साथै निविदिता इन्स्टिट्युट अफ मेडिकल साइन्सको संयुक्त तत्वधानमा यहाँको लाब्दा जुनियर हाई स्कूल खेल मैदान लाब्दा बस्तिमा नि:शुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ | ग्राम सेवा संघ सभापति जीके राई अनि सचिव विवेक छेत्रीको अगुवाई लगभग २०० जना बिरामीहरुले शिविरको फाइदा उठाउँदै आफ्नो स्वास्थ्य जाँच गरेको छ | चिकित्सा शिविरमा विभिन्न रोगहरुको उपचारमा निपुण डाक्टरहरु क्रमैले जेनेरल फिजिसियन, स्त्री रोग विशेषज्ञ, नानीको डाक्टर, आँखाको डाक्टर, एकुप्रेसर ( नसा थिचेर गरिने उपचार) आदि उपस्थित थिए साथै ५० जना रक्तदाताहरुले रक्तदान पनि गरे | बिहान 10:30 देखि शुरु भएको नि:शुल्क चिकित्सा शिविर अपरान्ह 1:30 बजेसम्म सम्पन्न भएको थियो जसमा गाउँका हिड्न नसक्ने बिरामीदेखि लिएर ससाना नानीहरुसम्मले आफ्नै आँगनमा आफ्नो स्वास्थ्यको जाँच गराउन सके | यस कार्यक्रममा डाक्टर नबनिता भट्टचार्य अनि डाकटर एसके दासको सक्रिय भूमिका रहेको थियो भने रोटरी सिलिगुडी अनि केएफसी सिलिगुडीका सदस्यहरुको पनि बिशेष सहयोगिता रहेको जानकारी उतम मुखियाले एक विज्ञाप्ति मार्फत जनाएको छ ||
loading...

गत आइतबार ग्राम सेवा संघ लाब्दा बस्ती, केएफसी सिलिगुडी साथै निविदिता इन्स्टिट्युट अफ मेडिकल साइन्सको संयुक्त तत्वधानमा यहाँको लाब्दा जुनियर हाई स्कूल खेल मैदान लाब्दा बस्तिमा नि:शुल्क

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.