मंगरजोङ निर्वाना स्पोर्टीङ क्लबले लग्यो बिजयी ट्रफी

Football Tournament Shardha Ground Mungpoo
सिम्ले युनाइटेड बोइस क्लबको अथक प्रयासमा विगत केही महिनादेखि सम्पन्न हुँदै आइरहेको स्वर्गीय निरुकला तामांग स्मारक फुटबल टुर्नामेन्टको चुडान्त खेल आज गणतन्त्र दिवसको अवसर पारेर मङपु विभागीय खेल मैदानमा भब्य कार्यक्रम संगै सम्पन्न भएको छ | मंगरजोङ निर्वाना स्पोर्टीङ क्लब बनाम पेदोंग एफए माझ सम्पन्न आजको रोचक खेल शुरुदेखि नै मैदान ढाक्ने दर्शकहरु बिच सम्पन्न भयो | दुवै दलले शुरु देखि नै खुबै रोचक खेल प्रदर्शन गरेपनि गोल हाल्नलाई भने त्यति सजिलो मौका मिलेन | प्राय: खेलको अन्ततिर दुवै दलले एकएक गोल गर्दै खेलको माहोल नै बदलेर गयो जसले खेललाई पेनाल्टी सुट आउट सम्म पुरायो | यसरी निर्धारित समय अवधि भित्रसम्म खेलको छीनाफाना नहुँदा अन्तमा पेनाल्टीमा खेलको निर्णय भयो जसमा मंगरजोङ निर्वाना स्पोर्टीङ क्लब स्वर्गीय निरुकला स्मृति फुटबल टुर्नामेन्टको कपको हकदार बने | आज गणतन्त्र दिवसको उपलक्ष्यमा खेल हेर्न जुटेका अपार भीड माझ सम्पन्न खेलमा सर्वश्रेष्ठ प्रदर्शनी दिन सक्ने खेलाडी मंगरजोङ क्लबका विशाल थामीलाई चयन गरियो भने खेलभरि अत्याधिक गोलकर्ता यसै क्लबका जर्सी नम्बर १० प्रनेश गुरुङलाई चुनियो | यसरी नै टुर्नामेन्ट भरिका सर्वश्रेष्ठ खेलाडीको रुपमा मंगरजोङ क्लब बाटै मनिष थापालाई चुनियो | यसवर्षको खेललाई खुबै अनुशासित ढंगमा प्रदर्शन गर्ने दलमा कालेबुङ युनाइटेड चुनिएको छ | प्रकासचन्द्र राईको सभापतित्वमा सम्पन्न आजको खेल कार्यक्रममा मुख्य अतिथिको रुपमा प्रणय राई, पुर्व पब्लिक प्रोसिक्युटर, जिल्ला कोर्ट दार्जीलिंग उपस्थित थिए भने विशिष्ट अतिथिगणमा सभासद रतन थापा, साहित्यकार उदय थुलुङ, किरण ब्लोन, डा० ज्ञानचन्द्र गुरुङ, रविप्रसाद राई, पवन बल, गुन्जन थापा, एके गुरुङ लगायत गाउँका बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो | अरिफ मंगर द्वारा संचालित कार्यक्रममा स्वागत सम्भाषण अर्पणदीप थापाले राखेका थिए | सामोढ़ अवधि स्थानीय कलाकारहरु द्वारा नृत्य साथै कुन्दन थापा अनि प्रेमछिरिङ लेप्चा द्वारा सांगीतिक प्रस्तुति पनि सम्पन्न भयो | यसै कार्यक्रममा डा० ज्ञानचन्द्र गुरुङलाई सम्बर्धना जनाउंदै स्मृति पत्र पनि अर्पण गरियो भने प्रदर्शनी खेलमा मङपु विभागीय फूटबल एकाडेमी बनाम सिटोङ फुटबल एकाडेमीको खेल प्रस्तुत भयो जसमा मङपु विभागीय फूटबल एकाडेमी बिजयी बने | आजको खेलमा रबिन प्रधान, बिशाल थापा, यौवन थापा अनि सुबास मंगरले निर्णायकको भार सम्हालेका थिए | अन्तमा क्लबका सभापति अनि सचिव द्वय सुजित थापा अनि भानु थापाले यस खेल आयोजन गर्नमा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक धन्यबाद जनाएको छ ||
loading...

सिम्ले युनाइटेड बोइस क्लबको अथक प्रयासमा विगत केही महिनादेखि सम्पन्न हुँदै आइरहेको स्वर्गीय निरुकला तामांग स्मारक फुटबल टुर्नामेन्टको चुडान्त खेल आज गणतन्त्र दिवसको अवसर पारेर मङपु विभागीय खेल मैदानमा भब्य कार्यक्रम संगै सम्पन्न भएको छ |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.