अखिल भारतीय तामांग बौद्ध संघको तत्वधानमा मङपु जन मैदानमा आयोजन हुन गइरहेको ३२ औं अधिवेशनको तयारी जोडतोडले भइरहेको छ भने यही कार्यक्रमलाई लिएर समिति सभापति सुरेन्द्र थिङको अध्यक्षतामा मङपु भरिका शाखा सदस्यहरु लिएर बसेको सभामा लिएको प्रस्तावहरु मध्ये बिशेष इन्टरनेशनल बुद्धिष्ट कन्फेडेरेसन कार्यकारी सदस्यगण आचार्य साङ्गे योन्तेन (डुवर्स) एवम ख्येन रिम्पोछे साङ्गे लोडो जयगाउँको सत्प्रयासमा भर्खरै थाइल्याण्डबाट भारतको निम्ति ल्याइएको भगवान बुद्धको पवित्र अस्तुलाई आगमी २१ जनवरीदेखि आरम्भ हुने अधिवेशन कार्यक्रममा जनसाधारणको दर्शनको निम्ति ल्याइने निर्णयको जानकारी अधिवेशन कमिटि सचिव जोनी तामांगले दिएको छ | सचिवले धार्मिक कार्यक्रम सुची अनुसार २१ जनवरी लामा कुनसाङ पाख्रीन मङपु द्वारा प्रवचन हुने, २२ जनवरीमा ख्येन रिम्पोछे साङ्गे लोडो द्वारा धार्मिक प्रवचन हुने अनि २३ जनवरीको दिन रङबुल म्हाणी गुम्बा धर्म गुरु आचार्य साङ्गे छोपेल द्वारा पवित्र वचन सम्पन्न हुने जानकारी दिंदै यस पवित्र दर्शन एवम श्रवणको निम्ति सम्पूर्ण धर्मावलम्बीवर्गमा उपस्थित भइदिने अपिल प्रचार प्रसार सचिव एवम सांस्कृतिक विभाग प्रभारी सुरेन पाख्रीनले एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ ||
मङपुमा हुने तामांग अधिवेशनमा बुद्धको पवित्र अस्तु दर्शन हुने
loading...
Post a Comment
We love to hear from you! What's on your mind?