स्कूलडांडा भजने शिशु शिक्षा केन्द्रको भवनको उद्घाटन

SSK - Shishu Shiksha Kendra
स्कूलडांडा भजने शिशु शिक्षा केन्द्र साल २००२ मा स्थापना गरी बाँसको भाटाले बारेको, माटोले लिपेको एउटा सानो दुई कोठे भवन निर्माण गरि केन्द्रको संचालन भएको इतिहास सर्व विधित नै छ | १३ वर्षसम्म यसरी दु:ख कष्ट झेलेपछि सर्व शिक्षा मिशन, शिक्षा विभाग जीटीए दार्जीलिंगबाट यस केन्द्रको नयाँ भवन निर्माण गर्ने शुअवसर प्राप्त भयो | भवन निर्माण गर्दा थुप्रै असुविधा साथै कठिनाइहरुको सामना पनि गर्नु परेको थियो | तर क्षेत्रीय सभासद रतन कुमार थापा, बन विभागको साथमा पाठशाला उपस्थिति समिति, आमा संगठन, अभिभावक, गाउँका शिक्षा अनुरागी, उपासना स्वनिर्भर दल रोंगचोंग आदिको सक्रिय प्रयास र परिश्रम द्वारा २५ अक्टुबरको दिन नव निर्माणको निम्ति सभासद थापाको बाहुलीबाट रिबन काटेर उद्घाटन गरियो | उद्घाटन समारोहका सभापति निमा लेप्चा रहेका थिए भने समारोहमा विशिष्ट अतिथि डीके छेत्री गोजमुमो एसएसके संगठन केन्द्रीय समितिका सभापति, प्रमुख अतिथि सभासद रतन कुमार थापा रहेको थियो |
केन्द्रका प्रहान साहयिका सुनिता गुरुङले स्वागत सम्भाषण राखेको कार्यक्रममा केन्द्रका नानीहरुले प्रारम्भिक गीत, बाल गीत, कविता वाचन प्रस्तुत गरेका थिए | डीके राईले आजसम्म केन्द्रले भोग्न परेको परिस्थिति माथि चर्चा गरे | यही क्रममा सभासद थापाले यस केन्द्रको मङपुमा मात्र नभएर जिल्ला स्तरमा एउटा नमुना हो भनि बताउंदै बर्तमान यस केन्द्रमा प्राइवेट नर्सरी स्कूलहरुको स्तरमा पठन पाठन भइरहेकोमा खुशी व्यक्त गरे |  यसको साथै केन्द्रको अन्य समस्याहरुलाई पनि आफ्नो पक्षबाट समाधानको पहल गरिदिने बचन दिएका छन् | यस केन्द्र निर्माण कार्यमा हात र साथ दिने सम्पूर्णलाई केन्द्रका साहायिका सविता राइले आभार व्यक्त गरे | यही सुअवसर पारेर स्कूल डांडा भजने बस्तिका सम्पूर्ण गाउँबासीले केन्द्रका दुई प्रधान साहयिका सुनिता गुरुङ अनि उनको सहयोगी सविता राईलाई खादा माला साथै साल अनि उपहार प्रदान गर्दै सम्बर्धना जनाएको छ | कार्यक्रममा मङपु क्षेत्रका लोक प्रसार प्रकल्प सुचना अनि सांस्कृतिक विभाग दार्जीलिंग द्वारा शिक्षाप्रद ज्ञानवर्धक कुराहरु लोक भाकामा सुनाएका थिए ||
loading...

स्कूलडांडा भजने शिशु शिक्षा केन्द्र साल २००२ मा स्थापना गरी बाँसको भाटाले बारेको, माटोले लिपेको एउटा सानो दुई कोठे भवन निर्माण गरि केन्द्रको संचालन भएको इतिहास सर्व विधित नै छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.