जीटीसी शिलोङले बिर्तामोड एफसीलाई घुँडा टेकाए

GTC shilong at Mungpoo gold cup
मङपु युथ क्लबको आयोजनामा गत महिना देखि सम्पन्न भइरहेको मङपु गोल्ड कप टुर्नामेन्ट २०१६को आजको खेल बिर्तामोड एफसी नेपाल बनाम ५८ जीटीसी शिलोङ माझ सम्पन्न भयो | शुरु देखि नै धुँवादार राहेको खेलमा बिर्तामोड नेपालले जीटीसी शिलोङलाई लितिपिती पारेर हजारौं दर्शकले घेरिएको मङपु जनमैदान थर्कमान पारको थियो | खेलको ५५ मिनटमा बिर्तामोड एफसी नेपालको पक्षबाट जर्सी नम्बर ७ खेलाडीले एक गोल गरेर शिलोङको आत्माबल तहसनहस पारेको खेलमा शिलोङलाई बिर्तामोडको सामना गर्नु फलामको चिउरा चपाउनु सरह बन्यो भने खेल सकिन दश मिनट अघि शिलोङको पक्षबाट जर्सी नम्बर २० अनि ८ ले भटाभट दुई गोल गर्दा बिर्तामोडको खेल जित्ने सपना ऐना जस्तो फुटेको थियो | यस्तो घमाशान भिडन्त बिच बिर्तामोड एफसी नेपालका खेलाडी ओम बिक्रमले पहेंलो कार्डको सामना पनि गर्न परेको थियो | क्वाटर फाइनल राउण्ड चलिरहेको यस गोल्ड कप खेलमा भोलि अर्थात १७ अक्टुबरको दिन केएफसीको भिडन्त अमुक्त परिवारसित भिडन्त हुनेछ भने पर्सीको म्याचमा शेयर कालेबुङको भिडन्त फिक्कल नेपालसित हुनेछ ||
loading...

मङपु युथ क्लबको आयोजनामा गत महिना देखि सम्पन्न भइरहेको मङपु गोल्ड कप टुर्नामेन्ट २०१६को आजको खेल बिर्तामोड एफसी नेपाल बनाम ५८ जीटीसी शिलोङ माझ सम्पन्न भयो | शुरु देखि नै धुँवादार

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.