मङपुमा सतपालजी महाराजको जन्मोत्सव पालन

Shri Satpal Ji Maharaj
मानव धर्म प्रनेता सतपालजी महाराजको ६६ औं पावन जन्मोत्सव धुमधामसंग स्थानीय दीपक प्राथमिक पाठशाला मङपुमा महात्मा मुकुन्द बाइजीको अध्यक्षतामा सम्पन्न भयो | कार्यक्रममा डुवर्स क्षेत्रबाट आएका दिलिप मोक्तानले मानव जीवनमा अध्यात्मले नै आमुल परिवर्तन ल्याउँछ अनि मानवदेखि महामानव बन्ने क्षमता प्रदान गर्छ भनी बताए | प्रमुख अतिथि चन्द्रकला राई सरस्वती उच्चतर माध्यमिक विधालय शिक्षक प्रभारी, गगन राई, किशन बुडाथोकी, सुरेन राई आदिलेको बिशेष उपस्थिति रहेको कार्यक्रममा मुकुन्द बाइजीले गुरु अनि सदगुरु माथि चर्चा राख्दै २१ सितम्बर १९५१ सालमा जन्म लिएर सदगुरु सतपालजी महाराजले आजसम्म के कस्तो जन हितार्थ कामहरु गरे यस बारेमा आफ्नो बिचार पोखेका थिए | तहसील सचिव एलबी राईले स्वागत सम्भाषण राखेको थियो भने मङपुका वरिष्ठ गायक राजेन आले, गोपाल शर्मा अनि युवा प्रकोष्ठले भजन गाएको यस जन्मोत्सव कार्यक्रलाई शाखा सचिवा अर्पणा राईले संचालन गरेका थिए | यसै जन्मोत्सवको अवसरमा यहाँको निर्मला चौक स्थित स्वर सामाग्री अरुणा लामाको स्मृतिमा निर्मित शरण उधान परिसरको पनि साफ सफाई साथै दिपक प्राथमिक पाठशालाको रंग पचेरा युवा प्रकोष्ठको अगुवाईमा गरिएको जानकारी समिति शाखा अध्यक्ष एलबी राईले जनाएको छ ||
loading...

मानव धर्म प्रनेता सतपालजी महाराजको ६६ औं पावन जन्मोत्सव धुमधामसंग स्थानीय दीपक प्राथमिक पाठशाला मङपुमा महात्मा मुकुन्द बाइजीको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.