मोर्चा युनियनको सिन्कोना निर्देशकसित भेटवार्ता

DTDPLU morcha union cinchona zone
दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपु जोनको नेतृत्वमा सिन्कोना निर्देशक डा० सामुयल राईसित एउटा महत्वपूर्ण भेटवार्ता बस्यो | भेटवार्तामा सचिव गगन राई, कोअर्डिनेटर मिरेन लामा सिन्कोना केन्द्रीय समिति तथा पर्यवेक्षक, मोर्चा मङपु लाब्दा समष्टि सभापति उर्गेन शेर्पा, सचिव रतन लामा, युवा मोर्चाबाट बिज्ञान मिश्र, लाब्दा, रेशेप, रङबी विभागका युनियन शाखा अनि पार्टी प्रतिनिधिहरु पनि बिशेष रुपमा उपस्थित थिए | टोलीले श्रमिक अनि सिन्कोना बगानको विविध समस्या विषयहरुमा क्रमिक रुपमा लामो चर्चा गरेको थियो | यस भेटवार्तामा बिशेष गरेर मजदुरहरुको पदोन्नति, अस्थायी श्रमिकहरुलाई स्थायीकरण, अतिरिक्त श्रमिकहरुलाई स्थायीकरण, कुइलेन कारखाना एवम इमिटाईन कारखानामा श्रमिक बहाली, सरकारी मङपु अस्पतालमा डाक्टर अनि कम्पाउण्डर नियुक्ति, डीए० अनि मजदुरवर्गको शीतकालिन भत्ताको बढोत्तरी साथै बेसिक पे, पुजा बोनस बढोत्तरी आदि विषयहरुलाई निर्देशक सामु राख्दै लामो चर्चा गर्नुको साथै समस्याको यथासिघ्र सामाधानको माग पनि गरिएको जानकारी युनियन मङपु विभाग सचिव बुद्ध कुमार थापाले जानकारी दिएको छ || 
loading...

दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपु जोनको नेतृत्वमा सिन्कोना निर्देशक डा० सामुयल राईसित एउटा महत्वपूर्ण भेटवार्ता बस्यो |

Read latest post filed under cinchona, mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.