एचपीडब्ल्युयुको सिन्कोना निर्देशकसित भेटवार्ता

Himalayan Plantation Workers Union
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको श्रमिक एकाई हिमालयन प्लान्टेशन वकर्स युनियन मङपु युनिटको अगुवाईमा सिन्कोना निर्देशक डा० सामुयल राईसित सिन्कोना बगानका गम्भीर समस्याहरु माथि महत्वपूर्ण भेटवार्ता बस्यो | युनियन टोलीमा एचपीडब्ल्युयु समष्टि कन्भेनर दिलिप राई, ब्रान्च सदस्य चमन प्रधान, मङपु युनिट सभापति गणेश ठकुरी, सचिव दीपकार राई लगायत सबयुनिटका प्रतिनिधिवर्ग उपस्थित थिए |
भेटवार्तामा २०११ – १२ मा पुर्ब निर्देशक डा० जीसी सुब्बाको समयमा बिक्री गरिएको सिन्कोना बोक्राको रकम एक पैसा सरकारकोमा पुगेको छैन, यसलाई राज्य सरकारको पक्षबाट सठीक छानबीन गरिनुपर्ने माग युनियनले गरेको छ | श्रमिकको पसिना द्वारा तयार पारिएको जम्मा २१७ केजी कुइनाइन सल्फेट पाउडर जसलाई २०१३ मा लुटपाट गरेर कहाँ पुराइएको छ युनियनले सम्बन्धित विभागबाट खुलासा गरिनपर्ने माग राखेको छ | सिन्कोना बोक्राको बिक्री मुल्यमा बढोत्तरी गर्दै ग्लोबल टेन्डरको व्यवस्थापन गरिनपर्ने विषयलाई युनियनले अघि सारेको छ | मजदुरवर्गको पदोन्नति कर्मचारी आयोग (एसएससी) बाट नभएर सिन्कोना बगानकै नियमवाली अन्तर्गत हुनपर्ने, अस्थायीलाई झट्ट स्थायीकरण गर्नपर्ने. बदलीकाम चाडो खोलिन पर्ने जस्ता महत मागहरु युनियनले गरेको छ | सरकारको श्रम विभागबाट बढोत्तरी गरिसकेको डीए शीतकालिन भत्ता, पुजा बोनसलाई चाडो गरेर मजदुरवर्गलाई भुक्तान गर्न पर्ने माग पनि निर्देशक समक्ष गरियो भने नालीडांडा चौकदेखि सुन्तले धुरासम्मको बाटोलाई स्टेट प्लानमा समावेश गरिएको विवरण एचपीडब्ल्युयु मङपु युनिटका कार्यकारिणी सदस्य अल्बर्ट घिसिङले एक विज्ञप्ति मार्फत जनाएको छ ||
loading...

गोर्खा राष्ट्रीय मुक्ति मोर्चाको श्रमिक एकाई हिमालयन प्लान्टेशन वकर्स युनियन मङपु युनिटको अगुवाईमा सिन्कोना निर्देशक डा० सामुयल राईसित सिन्कोना बगानका गम्भीर समस्याहरु माथि महत्वपूर्ण भेटवार्ता बस्यो |

Read latest post filed under cinchona, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.