गत सप्ताह झोली बन बस्ती प्राथमिक पाठशालामा भूतपूर्व शिक्षक प्रभारी विनोद मोक्तानलाई पाठशाला पक्षद्वारा आयोजित विदाई समारोहमा पाठशाला परिवार अनि गाउलेको पक्षबाट सम्मानसहित विदाई गरियो | समारोह अध्यक्ष चन्द्रकुमार सुब्बा द्वारा डा० सर्वपल्ली राधाकृष्णनको तस्विरमा माल्यार्पण गर्दै शुरु गरिएको कार्यक्रममा शिक्षक राम बहादुर तामांगले स्वागत सम्भाषण राखेका थिए | कार्यक्रममा विदाई पात्र भूतपूर्व शिक्षक प्रभारी मोक्तानलाई सम्मान जनाउंदै स्मारिका पत्र शिक्षिका परिना प्रधान द्वारा पठन गरेपछि शिक्षक मदन कुमार गुरुङको बाहुलीबाट प्रदान गरियो भने साथमा पाठशाला अनि विधार्थीहरुको पक्षबाट उपहारहरु पनि प्रदान गरिएको थियो | यसरी नै गणेश गुरुङ द्वारा कोरिएको कवि रविन्द्रनाथ ठाकुरको सुन्दर चित्र पनि चन्द्र कुमार सुब्बाको बाहुलीबाट प्रदान गरियो | शिक्षक प्रकाश सुब्बा द्वारा भुतपुर्ब शिक्षक बिनोद मोक्तानको शिक्षा क्षेत्रको योगदानलाई सम्पूर्ण उपस्थितिमा प्रकाश पारे भने उनले सन् १९७४ देखि १९७९ सालसम्म पाठशालाले सरकारी मान्यता पाउन्जेलसम्म स्वय शिक्षकको रुपमा काम गरे भने सरकारी नियुक्ति पाएपछि यता यसवर्षको अगष्ट महिनासम्म प्राय: ४२ वर्ष शिक्षाकको रुपमा सेवा गरेको जनाए | यसरी नै शिक्षा क्षेत्रमा मात्र नभएर राजनैतिक क्षेत्रमा पनि गोर्खाल्याण्डको आन्दोलनकालमायोग्दान पुराएकोले उनी सन् १९८८ मा पार्षद चुनिएपछि २००० सालमा मनोनित पार्षद भएका थिए |
कार्यक्रममा सांस्कृतिक कार्यक्रम अन्तर्गत विधार्थी सिया तामंग अनि साथीहरु र ४८ धुराका सरगम तामांग द्वारा सुन्दर नृत्यहरु प्रस्तुत गरेका थिए भने वयोवृद्ध बुद्ध तामांग द्वारा सुमधुर धुन बजाएर मन्त्रमुग्ध पारे | यसरी नै झोली बस्तिका युवाहरुले नेपाली हिन्दी गीतहरु प्रस्तुत गरेका थिए | यसै अवसरमा कवि सुनिल जिम्बाको कविता बस्ति भित्र बस्ति रोइरहेछ र मेरी कविताले झोली बस्तिमा बिकाश नभएको सत्यलाई मार्मिक ढंगमा उधांगो पारेका थिए | शिक्षक प्रकाश सुब्बा द्वारा संचालित कार्यक्रममा कान्दुङ फरेस्ट बस्ती प्राथमिक पाठशालाका प्रधान अध्यापक इन्द्रप्रसाद शर्माको पनि उपस्थिति रहेको थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?