दार्जीलिङ इन्डिजिनियस सेडुलकास्ट वेलफेयर एसोसिएसनको सिन्कोना निर्देशक संग बैठक

Darjeeling Indigenous Scheduled Caste Welfare Association met Cinchona director Dr Samuel Rai
सिन्कोना बगान निर्देशक कार्यलयमा “दार्जीलिङ इन्डिजिनियस सेडुलकास्ट एसोसिएसन” (Darjeeling Indigenous Schedule Caste Welfare Association) द्वारा सिन्कोना बगान निर्देशक डा.सामुएल राई संग भेटगरि सिन्कोना बगानमा कार्यरत सेडुलकास्ट श्रमिकवर्गको हक र अधिकारको बिषयमा एक बैठक गरे | दार्जीलिङ इन्डिजिनियस सेडुलकास्ट एसोसिएसनका जिल्ला सयोजक बिनम रनपहेलीको  नेतृत्वमा सम्पन्न भएको उक्त बैठकमा संगठनले सेडुलकास्ट सिन्कोना बगान श्रमिकवर्गको हक र अधिकारको निम्ति निर्देशकसंग लामो चर्चा परिचर्चा  गरियो | संगठनले प्रत्येक विभागीय कार्यालय अनि व्यवस्थापक कार्यलयमा एक एक जना सेडुलकास्ट हेल्परलाई नियुक्ति गरिदिने प्रस्ताव राख्दा निर्देशकले उक्त कुरोलाई स्वीकार गर्दै चाडै नै पहल गरिदिने आस्वासन दिएको कुरो सयोजक रनपहेलीले जनाए | संगठनले यत्रो बर्षसम्म आफ्नो हक र अधिकारदेखि बन्चित बसेका सेडुलकास्ट श्रमिक वर्गको न्याय दिलाउन नै यस संगठन अघि आएको जनाए | सेडुलकास्ट श्रमिकवर्गको हितमा संगठनले सम्पूर्ण सिन्कोना बगानका सेडुलकास्ट श्रमिकवर्गलाई लिएर चाडै नै एक बृहत जनसभा गरिने जानकारी संगठनका सभापति विवेक सेवाले दिएका छन | दार्जीलिङ इन्डिजिनियस सेडुलकास्ट एसोसिएसनले आज बगान निर्देशक डा.सामुएल राईलाई सिन्कोना बगान सेडुलकास्ट श्रमिकवर्गको पद्दोंनती, बदलीकाम, मोडलहाउस झट्टै हुन्पर्छ भनि एक ज्ञापन चड़ाएको जानकारी सयोजक रनपहेली बताएका छन | यसरी आगामी दिनमा यस संगठनले  मङपु.लाटपन्चर,रोङगो अनि मन्सोङको १४ वटा बगानमा गई  सेडुलकास्ट मजदुर कर्मचारीवर्गको हितमा कार्य गर्ने जानकारी संगठन अध्यक्ष विवेक सेवाले बताएका छन |
loading...

सिन्कोना बगान निर्देशक कार्यलयमा “दार्जीलिङ इन्डिजिनियस सेडुलकास्ट एसोसिएसन” (Darjeeling Indigenous Schedule Caste Welfare Association) द्वारा सिन्कोना बगान निर्देशक डा.सामुएल राई संग भेटगरि सिन्कोना बगानमा कार्यरत सेडुलकास्ट श्रमिकवर्गको हक र अधिकारको बिषयमा एक बैठक गरे |

Read latest post filed under cinchona, mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.