मङपु पुलिस आउट पोस्ट द्वारा सेफ ड्राइभ, सेभ लाइफ अभियान संगै रक्षा बन्धन पालन

Safe drive save life by mungpoo police outpost in Raksha Bandhan
रङली रङलीयट पुलिस थाना अन्तर्गत पर्ने मङपु पुलिस आउट पोस्टले सेफ ड्राइभ, सेभ लाइफ (Safe drive, save life by Mungpoo Police outpost) को अभियान संगै आज हिन्दुहरुको पर्व रक्षाबन्धन पनि पालन गरेको छ | यस अवसरमा पुलिस आउट पोस्ट प्रभारी सब इन्स्पेक्टर एम हुसैन अनि सबइन्स्पेक्टर सुमन लोहारको नेतृत्वमा चालकहरुलाई राखी बाँधी पुलिस अनि स्थानीय जनता बिचको सम्बन्धलाई प्रगाड बनाउने कार्य गरेको छ | बिशेष गरेर बर्तमान समयमा ज्यादा मात्रामा भइरहने सडक दुर्घटनालाई सकेसम्म नियन्त्रण गर्ने उदेश्य लिएर नै सेफ ड्राइभ, सेफ लाइफ अभियान शुरु गरिएको थाना प्रभारी हुसैनले जनाएको छ | आज रक्षा बन्धन अथवा राखी पर्वको अवसर पारेर चालकहरुलाई राखी बाँधी बिशेष पर्वको  शुभकामना संगै नशालु पदार्थहरु सेवन नगरी सुरक्षित तरिकाले वहान चलाउने साथै दुई चक्के बहान चालकहरुलाई हेल्मेट लगाएर मात्र स्कुटी, बाइक चलाउने अनुरोध गरिएको छ | हालमा हेल्मेट लगाए मात्र पेट्रोल पम्पमा पेट्रोल दिने अभियान संगै सेफ ड्राइभ, सेभ लाइफ अभियान चालकहरुको अघि आएको छ भने यी सबै यात्री, वहान अनि चालकहरुकै सुरक्षाको निम्ति चालिएको अभियान रहेकोले यसलाई सबैले सहृदयी स्वीकारी नियमलाई पालन गरे बढ्दो सडक दुर्घटनामा नियन्त्रण आउन सक्ने थाना प्रभारी एम हुसैनले जनाएको छ ||
loading...

रङली रङलीयट पुलिस थाना अन्तर्गत पर्ने मङपु पुलिस आउट पोस्टले सेफ ड्राइभ, सेभ लाइफ (Safe drive, save life by Mungpoo Police outpost) को अभियान संगै आज हिन्दुहरुको पर्व रक्षाबन्धन पनि पालन गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.