मङपुको विभिन्न क्षेत्रहरुमा स्वतन्त्रता दिवस पालन

India Independence Day 2016
भारत स्वतन्त्र भएको ७० औं दिवस आज मङपुमा पनि धुमधामसाथ पालन गरिएको छ | मङपु गेम्स एण्ड स्पोर्ट्स कमिटि द्वारा यहाँको मङपु जन मैदानमा आयोजित स्वतन्त्रता दिवसको भब्य कार्यक्रम एनपी राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गोर्खा क्षेत्रीय प्रशासन, बन विभाग सभासद रतन कुमार थापाको प्रमुख अतिथ्य रहेको थियो | अध्यक्ष एनपी राईको बाहुलीबाट राष्ट्रीय तिरंगा झण्डा उत्तोलन गर्दै सम्पन्न भएको कार्यक्रममा मङपु क्षेत्रका विभिन्न विधालयहरुका मार्च पास्टलाई सभासद थापाले नै सलामी दिएर गन्तब्य उन्मुख गराएका थिए | मङपु जन मैदानमा आयोजित आजको स्वतन्त्रता दिवसको भब्य कार्यक्रममा बिशेष आकर्षण गत महिनादेखि खेलाइएको लात्तेभकुण्डो प्रतियोगिताको फाइनल खेल रहेको थियो जसमा सिनियर खेलमा लाब्दा विभाग र सौगात हाट नालीडाँडा फाइनल बसेको थियो भने सौगात हाट नालीडांडालाई लाब्दा विभागले १ गोल गरेर आजको चुडांत खेलको ट्रफी जित्न सफल भएको थियो भने लाब्दा विभाग कै अर्को दलको लाठ पन्चर जन मैदानमा सालुगडासित भिडान्त भएको थियो जसमा सालुगड़ाले एकको बिरुद्ध दुई गोल गरि फाइनल म्याच जित्न सफल भए | यसरी नै अन्तर बिधालयको खेलमा सरस्वती उच्चतर बिधालय बनाम ज्ञानपिठ उच्चतर बिधालय रहेको थियो जसमा सरस्वती बिधालयले एक गोल गर्दै ज्ञानपिठ बिधालयलाई परास्त गरेका थिए | आजको कार्यक्रममा च्यारिटी म्याच सन्त मंगल एकाडेमी बनाम ब्रीज अफ होप रहेको थियो जसमा सन्त मंगल एकाडेमीले एक गोल गर्दै जीत हासिल गरे | कार्यक्रम भब्य नै भए पनि बिगतवर्षहरुको तुलनामा मङपु क्षेत्रका थुप्रै बिधालयहरुको सहभागिता नरहेकोले साथै मानिसहरुले व्यापक उपस्थिति नदिएकोले मङपुमा स्वतन्त्रता दिवस कार्यक्रम वर्षेनी खस्किंदै गएको पर्यवेक्षकहरुले कुरा गरेको पाइयो |  

लाब्दा विभागमा स्वतन्त्रता दिवस: यहाँको लाब्दा विभाग सिन्कोना बगानले पनि लाब्दा कमान ग्याङमेन मदन राईको अध्यक्षतामा भुतपुर्ब प्रधान अध्यापक डीएस प्रधानको बाहुलीबाट राष्ट्रीय झण्डा उत्तोलन गर्दै उपस्थित मानिसहरुलाई मिठाई बाँडेर स्वतन्त्रता दिवस पालन गरेका थिए | कार्यक्रममा लाब्दा कमानका कर्मचारीहरु, ग्रामबासी लगायत लाब्दा एमएसकेका बिधार्थीहरुको उपस्थिति रहेको थियो |
ग्रीनहिल एकाडेमीमा स्वतन्त्रता दिवस: रङबी बीचकमान स्थित ग्रीनहिल एकाडेमीले पाठशाला संचालन समिति अध्यक्ष चरण याल्मोको अध्यक्षतामा स्वतन्त्रता दिवस पालन गर्यो | बिधालय प्राचार्य दिपेन थापाले स्वतन्त्रता दिवसको महत्व बारे बिधार्थीहरुलाई प्रकाश पारे भने बिधार्थीहरुले देशको स्वतन्त्र सेनानीहरुको जीवनी, कविता आदि प्रस्तुत गरे | कार्यक्रममा नानीहरुलाई प्रेरणा स्वरूप हस्तलेखा प्रतियोगिता पनि राखिएको थियो | विजेताहरुलाई बिधालय शिक्षक शिक्षिकाहरु क्रमश: दिव्या गुरुङ, सागर खवास, अल्का तामांग, आशिका राई, रन्जिता छेत्री अनि अध्यक्ष चरण याल्मोको बाहुलीबाट पारितोषिक वितरण गरियो | शिक्षिका ममता थापाले राष्ट्रीय गीतको हरेक हरफलाई खुबै राम्रो ढंगमा व्याख्या गरेका थिए |

रङबी ग्रामसुधार समिति द्वारा स्वतन्त्रता दिवस पालन: रङबी ग्राम सुधार समितिले समाजकै सभापति प्रेम कुमार राईको अध्यक्षता अनि समाज सेवक एमबी मुखियाको बाहुलीबाट झण्डोत्त्लोतन गर्दै स्वतन्त्रता दिवस पालन गरे | कार्यक्रममा जयपति राई द्वारा स्वतन्त्रता दिवसको औचित्यमाथि प्रकाश पारे भने हेमन्त राई अनि बीबी मोक्तानले स्वाधीनता संग्रामीहरुको बलिदान बिषय दुई शब्द राखे | कार्यक्रममा विभागीय ग्याङमेन एमबी रसाइली, पेमा शेर्पा, एलएम गुरुङ, एम कुमार गुरुङ, दिपक गुरुङ, डीबी गुरुङ, जीपी राई, बिपेन गुरुङ, बीबी मिश्र, ज्योति थापा, सुशन मुखिया लगायत समितिको ६४ घरे सदस्य – सदस्याहरुको उपस्थिति रहेको थियो |

रोङचोङ एसएचजी द्वारा स्वतन्त्रता दिवस पालन: रोङचोङ एसएचजी क्वाटरले पनि जानुका तामांग अनि गोपी तामांगको नेतृत्वमा झण्डोत्तोलन गर्दै देशको स्वतन्त्रता दिवस पालन गरे | कार्यक्रममा क्वाटर सचिवा जानुका तामांग, सीएसपी सलिना गुरुङ, सबक्वाटरका अन्जोति थापा, रोशनी राई, रिना राई, रिना मंगर, रन्जु राई, निला राई, एलिसिमा सुब्बा लगायत स्वनिर्भर दलका दिदी बहिनीहरुको सहभागिता रहेको थियो | यसरी मङपु क्षेत्रका बिभिन्न बिधालयहरु अनि संघ संस्थाहरुले पनि सानो भएपनि आफ्नै परिसरमा राष्ट्रीय झण्डा उत्तोलन गर्दै देश स्वतन्त्र भएको ७० औं वर्षगाँठ पालन गरेको छ ||
loading...

भारत स्वतन्त्र भएको ७० औं दिवस आज मङपुमा पनि धुमधामसाथ पालन गरिएको छ | मङपु गेम्स एण्ड स्पोर्ट्स कमिटि द्वारा यहाँको मङपु जन मैदानमा आयोजित स्वतन्त्रता दिवसको भब्य कार्यक्रम एनपी राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि गोर्खा क्षेत्रीय प्रशासन, बन विभाग सभासद रतन कुमार थापा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.