मङपु सुन्दरीकरणको निम्ति बाटो किनारमा वृक्ष रोपन

Beautification of Mungpoo Cinchona Plantation
सरकारी कुइलेन तथा अन्य औषधीय पौधा मङपू निर्देशालयको बिसिष्ट कार्यक्रम अन्तर्गत कुइलेनबारी क्षेत्रको सुन्दरीकरण अनुरुप स्थानीय गैर सरकारी संस्था “सामाजिक सेवा संस्था, भानुटोलको बिशेष सहभागितामा सुरेल बङलोदेखि नालीडांडा सम्म ३ किलोमिटरको बाटोको दुवै किनारमा विभिन्न प्रजातिका रुख र बहुवर्षीय फूलको बिरुवाहरु रोपिने कार्यक्रम भयो | कार्यक्रममा निर्देशालयले बोट, बिरुवा, खुट्टी, टोकरी र तारको व्यवस्था गरिदिएको थियो | रेशेप विभागका ग्याङमेन सन्तोष प्रधान, प्रमुख चौकीदार सतिश तामांग, चपरासी अरुण लामा र चौकीदार अशोक छेत्रीको  निरीक्षण र निर्देश अनुसार सहभागी संस्थाका ५० जना युवाहरुले सो कार्य सम्पन्न गरेको थियो | बिहान ९ बजे देखि शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका युवाहरुले आजको आवश्यकता अनुसार वन संरक्षण, वृक्ष रोपन र पर्यावरण जगेरा गर्ने साथै असामाजिक क्रिया कालापदेखि टाडो रहेर आफ्नै गाउँ घरमा सुधारात्मक कामहरु गर्ने संदेश दिंदै ठाउँ – ठाउँमा संदेशमुलक सुचनाहरु लगाउने काम पनि भयो | आगमी दिनहरुमा पनि स्थानीय तौरमा नै भएपनि सिन्कोना क्षेत्रको खाली ठाउँहरुमा वृक्ष रोपन लगायत पहिरो नियन्त्रण र सर सफाईको कार्यहरु जारी राख्ने जानकारी संस्थाको संस्थापक सदस्य रजित मोक्तानले दिएको छ || 
loading...

सरकारी कुइलेन तथा अन्य औषधीय पौधा मङपूको निर्देशालयको बिसिष्ट कार्यक्रम अन्तर्गत कुइलेनबारी क्षेत्रको सुन्दरीकरण अनुरुप स्थानीय गैर सरकारी संस्था “सामाजिक सेवा संस्था, भानुटोलको

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.