मङपू विभागमा मोर्चाको विजय उत्सव सम्पन्न

Gorkha Janmukti Morcha flag
मङपू विभागीय सार्वजनिक भवनमा मङपू शाखा गोर्खा जनमुक्ति मोर्चा सभापति डीबी साल्मेको अध्यक्षतामा विजय उत्सव एवम कृतज्ञता कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा विधान सभा चुनावको खरसाङ विधान सभा सिटका उम्मेदवार डा० रोहित शर्मालाई आफ्नो बहुमुल्य भोट दिएर विजय बनाएकोमा यस विभाग भित्र पर्ने सम्पूर्ण गाउँहरुका जनसाधारणलाई खदा अर्पण गर्दै धन्यबाद प्रकट गरिएको थियो | उपस्थित अतिथिको बाहुलीबाट महात्मा गान्धीको तस्वीरमा खदामाला अनि दीप प्रज्वलन गर्दै शुरु गरिएको कार्यक्रममा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति बङ्गाल सरकार अनि भारत सरकारलाई गोर्खाल्याण्डपन्थीको एकताको प्रमाण स्वरूप यो जीत मानेर शाखाका मोर्चा समर्थकहरु नाँच गान गर्दै एकअर्कामा खुशी बाँडेका थिए | कार्यक्रममा मादलको तालमा झ्याउरे गीतहरु स्थानीय कलाकारहरु रतन सुब्बा, हरिप्रसाद राई, शंकर राई, गोपाल राई, विजय राई आदिले प्रस्तुत गरेर सबैलाई नचाएका थिए भने दलबहादुर राईले मिठो कविता वाचन गरेका थिए | दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन मङपू शाखा सभापति बुद्ध कुमार थापाले संचालन गरेको कार्यक्रममा स्वागत सम्भाषण पदमलाल गुरुङले राखेका थिए भने मोर्चा लाब्दा मङपू समष्टि उपसभापति लिला बहादुर छेत्रीले सान्दर्भिक सम्भाषण राखेका थिए ||
loading...

मङपू विभागीय सार्वजनिक भवनमा मङपू शाखा गोर्खा जनमुक्ति मोर्चा सभापति डीबी साल्मेको अध्यक्षतामा विजय उत्सव एवम कृतज्ञता कार्यक्रम सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.