रोङचोङ ग्राम पंचायत सचिवलाई स्वागत एवं विदाई

farewell to kp sharma ronchong panchayat sec
रोङचोङ ग्राम पंचायत अन्तर्गत सम्पूर्ण स्व र्निर्भर समुह क्लस्टरका पदधिकारीगण अनि सदस्यहरुद्वारा सचिवलाई स्वागत एवं बिधाई कार्यक्रम गरियो | गोपीमाया तामाङको सभानेत्रित्वमा सम्पन्न भएको  आजको कार्यक्रममा रोङचोङ ग्राम पंचायतका पुर्बसचिव केपी शर्मा यस ग्रामपंचायतबाट अन्य ग्रामपंचायतमा स्थान्तरण भए वापत उनलाई समूहको पक्षबाट स्मृति पत्र टोपी अनि खदार्पण गरियो | स्वर्निर्भर समुह क्लस्टरका पदधिकारी माया तामाङले स्मृति चिन्ह पठन गरे पश्चात गोपीमाया तामांङको  बाहुलीबाट प्रदान गरियो भने पुर्बसचिव केपी शर्मालाई रुथकेलमित लेप्चाबाट टोपी पहिरायो | यस्तै गरि रोङचोङ ग्राम पंचायतमा नवनियुक्ती भई आएका नयाँ सचिव(ई.ए) एसपी शर्मालाई पनि समुहको सदश्यबाट नेपाली ढाकाको टोपी पहराई  खदार्पण गरि स्वागत जनाए | समारोहलाई सम्बोधन गर्दै पुर्ब सचिव के.पी शर्माले  आफुलाई यसरी ससम्मान साथ् बिदाई दिएकोमा समुहप्रति आभार व्यक्त  गर्दै उनले बिगत दिनहरुमा जे जति कार्यहरु  समुहसंग मिलेर  गरियो उक्त कार्य अझ राम्रो संग गर्ने  र नयाँ संग जोगाजोग गर्दै अघि बढ्ने हौसला प्रदान गरे | रोङचोङ ग्राम पंचायत अन्तरगत ५६ वटा स्वनिर्भर समुह रहेता पनि ३६ वटा स्वनिर्भर समुह मात्र सुचारुपले संचालन भईरहेको छ र ती अचल समुहलाई पनि सुचारु गर्दै लैजाने सल्लाह दिए | आजको कार्यक्रममा पंचायत कर्मी  सन्तोष दर्नाल,मुस्कान थापा अनि पूर्णिमा रसाईली पनि उपस्थित थिए | जानुका राईले स्वागत सम्भाषण राखेको कार्यक्रममा  नवनियुक्ती भएर आएका सचिव एस.पी शर्माले आजको कार्यक्रमको सरहाना गर्दै आगमी दिनमा स्वनिर्भर समुहले पाउने सहुलियतहरु प्रति आफ्नो पक्षबाट पूर्ण सहयोग गर्ने बचन दिए | एलीसिबा थापाले संचालन गरेको समारोहमा रुथकेएलमित लेप्चाले धन्यवाद ज्ञापन गरिए पश्चात आजको स्वागत एवं बिधाई समारोह समाप्त गरीएको जानकारी सीएसपी  सलिना गुरुङले दिएका छन |
loading...

रोङचोङ ग्राम पंचायत अन्तर्गत सम्पूर्ण स्व र्निर्भर समुह क्लस्टरका पदधिकारीगण अनि सदस्यहरुद्वारा सचिवलाई स्वागत एवं बिधाई कार्यक्रम गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.