लाब्दा मङपू समष्टिमा डा० रोहित शर्माको निम्ति चुनाव प्रचार सभा

Sabhasad Ratan Thapa addressing meeting
गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपू समष्टिको चुनावी जनसभा यहाँको सरस्वती कन्या विधालय प्रांगणमा समष्टिकै सभापति उर्गेन शेर्पाको सभाध्यक्षतामा समपन्न भएको छ | अनित खातीले संचालन  गरेको भब्य जनसभामा समष्टि सचिव रतन लामाले स्वागत सम्भाषण राखेका थिए | बिशेष गरेर यस वर्षको बिधान सभामा खरसाङ महकुमाबाट गोजमुमो प्रार्थी डा० रोहित शर्माको मुख्य उपस्थिति रहने भनेर डाकिएको सभामा लाब्दा मङपू समष्टि भरिका गोजामुमो समर्थकहरु आफ्नो उम्मेदवारको स्वागतमा अनि उनको बक्तब्य सुन्न शैलाब उठेर उपस्थिति दिएको भए उता समतलमा बीजेपी उम्मेदवारको निम्ति समर्थन बटुल्न अनि चुनाव प्रचार गर्न देशको प्रधान मन्त्री नरेन्द्र मोदी स्वय आएको हुँदा डा० शर्मा अचानक त्यता जान परेकोले यता मङपूमा उपस्थिति दिन नसकेको थाहा लागेको छ | सभामा समष्टिका गोजमुमो पार्टीका बरिस्ठ नेतृत्वहरुले सम्बोधन गर्दै डा० शर्माको निम्ति भारि मत दिएर जिताउने अपिल उपस्थिति समर्थकहरुलाई गरेका थिए | सम्बोधनको क्रममा अनमोल थापा, गगन राई, मिरेन लामा, बिकाश गुरुङ आदिले पनि सम्बोधन गर्दै चुनाव प्रचार अनि चुनावी सचेतना बारे दुई कुराहरु राखेका थिए | प्रमुख बक्ताको रुपमा उपस्थित गोर्खाल्याण्ड छेत्रीय प्रशासन सभासद रतन कुमार थापाले पनि आफ्नो सम्बोधनको क्रममा पहाडमा गोर्खाहरुको भलो चिताउने, गोर्खाहरुको अनि गोर्खाल्याण्डको निम्ति निस्वार्थ आवाज उठाउने केवल गोजामुमो मात्र रहेको दाबी गरेका छन् | चुनाव प्रचार नगरी पनि मोर्चाले चुनाव जितिसकेको बताउंदै यो चुनाव प्रचार सभा त केवल गोर्खाहरुलाई एक शुत्रमा बाँध्ने सभा मात्र गरेको बताए | यो चुनावमा समस्त गोर्खाहरु एक भएर शत प्रतिशत मतदान गर्दै हाम्रो उम्मेदवारलाई जिताएर बङ्गाल सरकारलाई गोर्खाल्याण्ड चाहनेहरु यति छ भनेर प्रमाणित गर्नु रहेको उनले बताएका छन् | उनले मङपूको अवस्था माथि बोल्दै मोर्चा आएर यहाँ धेरै उन्नति भएको र यहाँ गोजमुमो पार्टी आएदेखि यता कति बिकाश भयो त्यो कसैको आँखाबाट नलुकेको बताए | उनले गोरामुमो पार्टी माथि कटाक्ष गर्दै यहाँ मङपूमा पहिले उनीहरुको पालोमा शिक्षित तर आफ्नै झोला भर्ने नेताहरुको नेतृत्वले मङपूले दुर्गति भोग्न परेको बताउंदै अब यहाँका शिक्षित युवाहरुले नै अघि आएर मङपूलाई सबै क्षेत्रबाट बिकशित पर्दै लानुपर्ने आह्वान गरेका छन् | सन्दर्भको क्रममा बोल्दा उनले  मङपूमा मोर्चाले धेरै बिकाशमुलक कार्यहरुको योजना साथै शिलान्यासहरु गरेको भए पनि विपक्षी दलहरुले आफ्नै ठाउँको बिकाशको कामहरुमा पनि हस्तक्षेप गरिरहेको आरोप लगाएका छन् | यहाँ निर्माण हुन लागेको आइटीआइको बारेमा बोल्दै यो पनि हामीले नै धेरै दु:ख गरेर ल्याएको हो तर यसलाई पनि उनीहरुले हामीले ल्याएको भन्दै मन्त्री गौतम देवलाई ल्याएर शिलान्यास गराउने समाचार प्रकाशित गारेर झुटो खबर छापेर खोइ त आहिलेसम्म गरेको भन्दै व्यंग कसेका छन् | यसरी नै यहाँ निर्माण हुँदै गरेको मोडेल स्कूल पनि यहाँकै एक शिक्षित व्यक्तिले (व्यक्तिको नाम उचाहरण नगरी) यसलाई मङपूमा निर्माण हुनदिनु हुँदैन भन्दै सिलिगुडीबाट फोनमा बातहरु गरेको बताएका छन् भने यहाँ स्थानीय कतिपय शिक्षित मुर्ख व्यक्तिहरुले नै मङपूलाई उँभो लाग्नु नदेको आरोप लगाएका छन् | गोर्खाहरुको निम्ति निस्वार्थ काम गर्ने उम्मेदवार डा० शर्मालाई सबै मिलेर शतप्रतिशत मतदान गरेर जिताउने सभासद थापाको समष्टिबासीमा अपिल छ |
यसरी नै सम्बोधनको क्रममा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महासचिव गगन राईले बिधान सभा चुनाव संगै हामीले गोर्खाल्याण्ड प्राप्तिको निम्ति एकता बनाइराख्नु पर्ने आह्वान गर्दै बङ्गाल सरकारले गोर्खाल्याण्डको गर्वधारण गरेको छ र अहिले सरकार प्रसव पिडामा तड्पिरहेको बताउंदै सरकारलाई एक न एकदिन गोर्खाल्याण्ड जन्माउनै पर्ने बाध्यता आइपर्ने ठोकुवा गरेका छन् |    यसरी नै केही महिना अघि मात्र दल बल सहित मोर्चामा सामेल भएका टिएमसी युनियन सचिव मिरेन लामाले आफ्नो सम्बोधनको क्रममा मलाई कतिले मोर्चाले किनेको आरोप लगाएको बताउंदै म जस्तो साधारण मान्छेलाई मोर्चाले किन्ने कुनै आवश्यकता छैन, मोर्चा त्यसै पनि पहाडको एकमात्र शक्तिशाली पार्टी रहेको र म अनि मेरो समर्थक बिना पनि चुनाव सहजै जित्न सक्ने सामर्थ्य छ भन्दै मैले त टीएमसीको भित्री व्यवस्थालाई समयमै बुझेर नै गोर्खाहरुलाई उन्नति गर्न नदिने पार्टीमा रहेर कुनै अर्थ नहुने भएर मोर्चामा सामेल भएको हुँ र रहल पहाडका टीएमसी समर्थकहरुलाई पनि गोर्खा विरोधी पार्टी छोडेर समयमै मूलधारामा आउने आह्वान गरेको हुँ भनि बताएका छन् | उनले बिकाश बोर्डको कुरा गर्दै मैले त हाम्रो गोर्खाहरुलाई टीएमसीले बिकाश गर्ने बिचारले नै बिकाश बोर्ड दिएको रहेछ भनेर सोंचेको थिएँ तर बोर्ड दिंदै सिलिगुडीमा बोर्डका प्रतिनिधिहरुलाई बोलाएर यसपालीको भोट चै टीएमसीलाई दिनु पर्छ भन्दोरहेछ भनी खुलासा गरेका छन् | यति मात्र नभएर यसरी बोर्ड दिंदै हाम्रो गोर्खा जातिलाई जात जातमा बिभाजन गर्दै गोर्खाल्याण्डको मागलाई संधैको निम्ति दमन गर्ने नीति टीएमसीले गरेको आरोप लगाउंदै गोर्खाल्याण्ड प्रेमी गोर्खाहरुले यस्तो षड्यन्त्रपूर्ण पार्टीदेखि समयमै टाडो बसेर स्थापनाकालदेखि नै गोर्खाल्याण्ड प्राप्तिको निम्ति केन्द्रमा मन्त्रीहरुसित बारबार मुदा उठान गर्ने पार्टी गोजमुमोमा सामेल हुँदै एकमुष्ठ भएर गोर्खाल्याण्डको युद्ध लड्नु पर्ने आह्वान गरेका छन् |

आजको सभामामा गोजमुमो लाब्दा मङपू समष्टिका सम्पूर्ण पदाधिकारीहरु, युवा मोर्चा, नारी मोर्चा, युनियन अनि सम्पूर्ण भातृ संगठनका पदाधिकारी लगायत हजारौं मोर्चा समर्थकहरुको भेला जमेको थियो भने अन्तमा सभाध्यक्ष एवम गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपू समष्टि सभापति उर्गेन शेर्पाको धन्यबाद ज्ञापनले सभा समाप्त भएको थियो ||
loading...

गोर्खा जनमुक्ति मोर्चा लाब्दा मङपू समष्टिको चुनावी जनसभा यहाँको सरस्वती कन्या विधालय प्रांगणमा समष्टिकै सभापति उर्गेन शेर्पाको सभाध्यक्षतामा समपन्न भएको छ

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.