अवधारणा समुहद्वारा आस्था सम्मान प्रदान

MB Rai felicitated by concept group mungpoo
मङपु कन्सेप्ट ग्रुप (अवधारणा समूह) (Concept Group) ले बिहीबारको दिन स्थानीय रबीन्द्र श्रमिक कल्याण केन्दको प्रागणमा एक ऐतिहासिक कार्यक्रमको आयोजन गरि समाजिक, साहित्यक र साँस्कृतिक क्षेत्रमा योगदान पुराउने व्यक्तित्व अनि गैरसरकारी संस्थालाई आस्था सम्मान प्रदान गरेको छ | एस.के खालिङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि हिमालय दर्पणका पुर्ब सम्पादक एम.बी राई उपस्थित थिए | कार्यक्रमको शुरुमा अवधारणा समुहका सचिव केबी गिरीले स्वागत सम्भाषण राख्दै साहित्यकार एम.बी राईलाई साल एवं आस्था सम्मान प्रदान गरे | यस्तै गरि सरस्वती बिधालयका पुर्ब प्रधान अध्यापक एन.बी.छेत्रीको बहुलीबाट एमबी  राईलाई अंग बस्त्र प्रदान गरियो | उक्त कार्यक्रममा सिन्कोना बगान निर्देशक डा.सामुएल राई, मङपुका प्रथम नारी एमबीबीएस डक्टर सलोमी भुटिया, प्रथम नारी पर्यवारण बिज्ञान शिक्षा प्रेरक डक्टर सरला खालिङ, साहित्यकार डा० भोजबहादुर गुरुङ, डा.सन्तोष कुमार राई साहित्यकार उदय थुलुङ,पुर्ब प्रधान अध्यापक एन.बी छेत्री, मङपुको प्रथम नर्सरी स्कुलका प्राध्यपिका कल्पना मोक्तान, मङपुका पत्रकार जे.पी छेत्री,केशर मोक्तान, चन्दन खवास, आशिषदीप राई अनि सुदन गुरङलाई पनि आस्था सम्मान प्रदान गरियो | अवधारणा समूहका सचिव किरण ब्लोन, लगायत प्रमिला मुखिया, दिलीप शर्मा अनि रन्जीत सिन्चौरीले संचालन गरेको यस ऐतिहैसिक कार्यक्रममा गैरसरकारी संस्थान एकता फाउन्डेसन, रेसेप बजार समाज कल्याण समिति, अरुणा लामा शालिग निर्माण समिति, ब्रिज अफ होप, श्री सत्य साई सेवा संगठन, सार्वजनिक
खाध्य प्रदार्थ वितरक व्यक्तित्व शशिभुषण राई, निर्मल थापा, सिद्धार्थ सीद्दु राई अनि भुपाल मोक्तान लगायत वैकल्पिक चिकित्सा सेवा क्षेत्रमा योगदान पुराउने व्यक्तित्व बैध्य ललिता तामाङ, बिकाश तामाङ, दिलपाल राई, पशु चिकित्सक सुदन पुड़ासैनी लगायत अन्य समाजिक,साहित्यक अनि सांस्कृतिक क्षेत्रमा योगदान पुराउने व्यक्ति अनि संघ संस्थालाई पनि आयोजक समितिले सम्मान जनाए | कार्यक्रममा बद्रि दुर्गा खरेलले मिठो नेपाली गीतहरु प्रस्तुत गरेर सबैलाई मन्त्र मुग्ध पारे भने कृति थापाले भायोलिनमा धुन प्रस्तुत  गरे पछि मुनाल घिसिंङ मिठो कविता वाचन गरे अनि रिनेश शेर्पाले
 मङपुमा नगरपालिका हुन के के प्रावधान लाग्छ भन्ने बिषयमा वार्ता प्रस्तुत गरे |  कार्यक्रमका प्रमुख अतिथि एम बी राईले  दुई शब्द राखे भने अन्त्यमा अवधारणा समूहका सचिव किरण ब्लोनले सबैलाई आभार व्यक्त गर्दै कार्यक्रमको अन्त गरे |
loading...

मङपु कन्सेप्ट ग्रुप (अवधारणा समूह) (Concept Group) ले बिहीबारको दिन स्थानीय रबीन्द्र श्रमिक कल्याण केन्दको प्रागणमा एक ऐतिहासिक कार्यक्रमको आयोजन गरि समाजिक, साहित्यक र साँस्कृतिक क्षेत्रमा योगदान पुराउने व्यक्तित्व अनि गैरसरकारी संस्थालाई आस्था सम्मान प्रदान गरेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.