ठूलो अलैंचीको खेति बारे प्रशिक्षण

Training programme for large cardamom farmers by Spices Board
मिशन फर इन्टीग्रेटेड डेभल्प्मेन्ट अफ हर्टिकल्चर (Mission for Integrated Development of Horticulture) अन्तर्गत स्पाइसेस बोर्ड (Spices Board) अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन (Gorkhaland Territorial Administration) को संयुक्त आयोजनामा यहाँको रविन्द्र भवनमा क्षेत्रका ५० जना कृषकहरुलाई लिएर ठुलो अलैंची (large cardamom) को खेती बारे प्रशिक्षण शिविर सम्पन्न भएको छ | दार्जीलिंग जिल्लाको बिशेष गरेर मंग्पू अनि चितांग क्षेत्रलाई ठूलो अलैंचीको प्रमुख उत्पादक क्षेत्र मानिलिएको हुँदा नै आज यहाँ यस प्रकारको प्रशिक्षण शिविरको आयोजना गरिएको बताइएको छ |

कार्यक्रममा अलैंचीको खेती संगै मसला जातीय खेतीहरु, अदुवा,हार्दी अनि सुन्तलाको खेतीबारेमा पनि प्रशिक्षण दिइएको थियो | कृषकहरुलाई अलैंचीको वैज्ञानिक पद्वती द्वारा प्रारम्भिक खेती बारे जमीनको तयारी, पौदा उमारिनु, बढेपछि यसको हेरचाह साथै यसमा लाग्ने रोग, किरा आदिको जानकारी संगै यसको रोकथाम बारे पनि प्रशिक्षण दिइएको थियो | अलैंची खेतिको निम्ति तालिम लिन आएका सिटोंग, मङपू  अनि लामाहट्टाका उपस्थित कृषकहरुले खेती सम्बन्धि अन्योलमा पार्ने कतिपय प्रश्नहरु पनि उपस्थित बिशेषज्ञहरुलाई राखेका थिए भने उनीहरुको प्रश्नको उतर दिएर बिशेषज्ञहरुले कृषकहरुको अन्योलताको समाधान गरिदिएका थिए | प्रोजेक्टरको माध्यम द्वारा बिशेष प्रकारको तालिम दिन आइसीआरआइ, स्पाइसेस बोर्ड (
ICRI, Spices Board), तादोंग अनुसन्धान केन्द्र (Tadong Regional Research Station), उतर बंग कृषि विश्वविधालय एवम अनुसन्धान केन्द्र आइएआरआई कालेबुंग (Uttar Banga Krishi Biswsha Vidyalaya and the Regional Research Station, IARI, Kalimpong) का अलैंची खेति बिशेषज्ञहरु उपस्थित रहेका थिए | ठूलो अलैंचीको खेती गर्ने कृषकहरुलाई आयोजक अथवा सम्बन्धित बिभागको पक्षबाट सब्सिडी पनि दिइने कार्यक्रममा जानकारी दिइएको छ |

आजको प्रशिक्षण कार्यक्रममा गोर्खाल्याण्ड क्षेत्रीय प्रसाशन भार प्राप्त सभासद, बन विभाग रतन थापाको  प्रमुख आतिथ्य रहेको थियो भने मङपू सिन्कोना बगानका निर्देशक डा० सामुयल राई साथै व्यवस्थापक  नरेश बराइलीको पनि बिशेष उपस्थिति रहेको थियो ||
loading...
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.