२३ औँ निकुञ्जीका साहित्य श्रृंखला अनि मङ्पु साहित्य संस्थानको स्थापना दिवस

Mungpoo sahitya sansthan
रेशेप ग्राम पञ्चायत कार्यालयको सभागृहमा मङ्पु साहित्य संस्थानको आयोजनामा २३ औँ निकुञ्जीका साहित्य श्रृंखला अनि संस्थान (Mungpoo Sahitya Sansthan) को स्थापना दिवसको पालन गरियो I यस कार्यक्रममा सभाध्यक्षको भार श्री नन्द लामिछानेले गरेका थिए भने रेशेप ग्राम पञ्चायतका सचिव श्री कृष्ण निरौला उपस्थित थिए I सर्जक अतिथिवर्गमा कालीझोडा - लाटपञ्चरलाई प्रतिनिधित्व गर्दै मिलन लामा “रोगी” अनि नारायण गजमेरले उपस्थिति दिए साथै व्यंग्य कविता अनि कविता प्रस्तुत गरे I लघु कथामा सरोजा बान्तावाले ‘छोरी’ अनि श्याम कुमार सिंगौरेले ‘डेमोक्रेसी’ प्रस्तुत गरे I कविवर सुरेन्द्र थींङले आवाजको अनिकाल अनि अन्य कविताहरु, नन्द लामिछानेले हाइकु, आशिषदीप राईले क्रान्तिकारी कविता, सानु भट्टराईले मुक्तक/रुबाईहरु अनि दीप थापाले ‘तान्का’ अनि रुबाइहरु प्रस्तुत गरे भने कविवर उदय थुलुङले साहित्यकार पी. अर्जुनका कविता संग्रह मनतन्त्रको कुरुक्षेत्रमाथि एक दृष्टि अनि सुभद्र बम्जनले गोष्ठीमाथि समिक्षा प्रस्तुत गरे I आजको कार्यक्रममा संस्थानका सदस्य/शुभचिन्तकवर्गमा श्री विदुर छेत्री, डी.पी. चामलिङ दुष्यन्त रामुदामु, खगेन्द्र बराइली, खडग योन्जन, शिशिर गहतराज, गोपाल राई उपस्थित थिए I कार्यक्रमको संचालन सानु भट्टराईले गरेका थिए साथै धन्यवाद दिलीप शर्माले राखिएपछि सभापतिद्वारा आजको सभा समापनको घोषणा गरे I    
loading...

रेशेप ग्राम पञ्चायत कार्यालयको सभागृहमा मङ्पु साहित्य संस्थानको आयोजनामा २३ औँ निकुञ्जीका साहित्य श्रृंखला अनि संस्थान (Mungpoo Sahitya Sansthan) को स्थापना दिवसको पालन गरियो I

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.