मङपूमा पनि बन्द शान्ति अनि सफलतापुर्वक पालन

10 december darjeeling hill tea garden strike in mungpoo
अहिले घरि चिया बगान श्रमिक तथा चिया बगानबासीहरुले भोगिरहेको विविध समस्याहरुलाई लिएर गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चिया बगान मालिक पक्ष एवम सरकार प्रति घोड विरोध जनाउंदै १० दिसम्बरको दिन डाकेको १२ घण्टे पहाडव्यापी बन्द यहाँ मङपू सिन्कोना बगानमा पनि शान्ति अनि सफलतापुर्वक पालन गरिएको छ | बन्द अवधि मङपूको विभिन्न क्षेत्रहरुमा बन्द समर्थक अनि मोर्चाका कार्यकर्ताहरु बसेर पिकेटिङ गरेका थिए | बिशेष गरेर यहाँको नालीडांडामा गोर्खा जनमुक्ति मोर्चाको झण्डा लगाएर मोर्चा मङपू जोनका पदाधिकारीहरु, नारी मोर्चा, युवा मोर्चा अनि विभिन्न भातृ संगठनका पदाधिकारीहरुले बन्दलाई सहयोग पुराएका थिए |
 बन्दको समर्थनमा यहाँको सिन्कोना बगान, बगानका सम्पूर्ण कार्यलयहरु, अन्य सरकारी कार्यलयहरु, दोकान पाट, बजार, यान वहान, दुइ चक्के वहान सम्म बन्द गरिएको थियो भने स्वास्थ्य विभाग अनि यसको वहान, विधुत विभागको गाडी, हिमुल गाडी, बिवाहको गाडी, विधालय परिक्षाको गाडीहरुलाई छुट दिइएको थियो भने परिक्षा हुँदै गरेको विधालयहरु खुल्ला थियो बाँकी सबै विधालयहरु पनि बन्द गरिएको थियो |
चियाबगान श्रमिकहरुको हक र अधिकार दिलाउन डाकिएको बन्द सफल पार्न जुटेका सबैलाई समर्थकहरुमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन महा सचिव गगन राईले हार्दिक धन्यवाद जनाएका छन् ||
loading...

अहिले घरि चिया बगान श्रमिक तथा चिया बगानबासीहरुले भोगिरहेको विविध समस्याहरुलाई लिएर गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठन दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनले चिया बगान मालिक पक्ष एवम सरकार प्रति घोड विरोध जनाउंदै १० दिसम्बरको दिन डाकेको १२ घण्टे पहाडव्यापी बन्द यहाँ मङपू सिन्कोना बगानमा पनि शान्ति अनि सफलतापुर्वक पालन गरिएको छ |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.