तक्दा ब्लकबाट रङबी बिभागमा क्याटरिङ ट्रेनिङ

Catering training
समाजमा हुने बिवाह, जन्म उत्सव अनि अन्य विभिन्न कार्यक्रमहरुमा पकवानको स्वाद एवम प्रकारको बढ्दो मागलाई ध्यानमा राखेर ताक्दा खण्ड ब्लकको आयोजनामा माला तामाङ द्वारा क्याटरिङ ट्रेनिङ रङबी बिभागमा सहायक रेखा राई र निरु गुरुङलाई लिएर २६ नोभेम्बर देखि शुरु भइरहेको छ | उक्त ट्रेनिङको उद्घाटन तक्दा ब्लकको डब्ल्यु० डी० ओ० रन्जना सुब्बाबाट  भएको थियो भने प्रति दिन ३० जना भन्दा बेसी स्वनिर्भर दलका इच्छुक महिलाहरुका झुण्डलाई पकवान तालिम दिइरहेको छ | यस कार्यक्रमको समापन ब्लकका डब्ल्यु० डी० ओ० रन्जना सुब्बाबाट नै हुने जानकारी माला तामाङबाट पाइएको छ |
तालिमको अन्तमा प्रत्येक प्रशिक्षनार्थीलाई रन्जना मेडमबाट ब्लकको पक्षबाट प्रमाण पत्र दिइने भएको छ | रङबी बिभागमा पहिलो पल्ट यस प्रकारको तालिम भएको हुँदा सबै जनमानसमा चासो बढेको पाइएको छ ||
loading...

समाजमा हुने बिवाह, जन्म उत्सव अनि अन्य विभिन्न कार्यक्रमहरुमा पकवानको स्वाद एवम प्रकारको बढ्दो मागलाई ध्यानमा राखेर ताक्दा खण्ड ब्लकको आयोजनामा माला तामाङ द्वारा क्याटरिङ ट्रेनिङ रङबी बिभागमा सहायक रेखा राई र निरु गुरुङलाई लिएर २६ नोभेम्बर देखि शुरु भइरहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.