मङपूलाई नगरपालिका अनि ब्लक बनाउनुपर्ने मांगमा ज्ञापन चडाउने

Mungpoo Map
आज मङपुमा दार्जीलिङ सिन्कोना बगान वकर्स युनियन अध्यक्ष किरण ब्लोनको अध्यक्षतामा टीएमसी पार्टीका संगठनिक सभा सम्पन्न भयो | सभामा बिगत १८ डिसेम्बर२०१५ को दिन प.बंगाल विधानसभामा राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीको पहलमा उनको सहयोगी मन्त्री मण्डल (केविनेट) को सहमतिमा पारित एव घोषणा अनुसार कालेबुङलाई जिल्ला अनि मिरिकलाई महकुमा प्रदान गरिए वापत समग्र मङपुबासीको पक्षमा माननीय मुख्य मन्त्री एवं सम्बन्धीत केविनेट मन्त्रीमण्डल प्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन | ती घोषित जिल्ला अनि महकुमाका सौभाग्यशाली गोर्खे सन्तानहरुलाई उनीहरुको सुनौलो भविष्यको निम्ति मङपु समष्टि अखिल भारतीय तृणमूल पार्टी, दार्जीलिङ  सिन्कोना बगान वाकर्स युनियन लगायत महिला तृणमूल कंग्रेसको पक्षमा हार्दिक बधाई दिएका छन | दिनप्रतिदिन बड़ोत्तरी भईरहेको मङपु एवं यसको संग्लग्न क्षेत्रको जनसंख्यालाई मध्य नजरमा राख्दै ती क्षेत्रबासी सम्पूर्णको विविध समस्यहरुलाई बिशेष मध्यनजर राख्दै त्यसको समाधानार्थ प.बंगाल सरकार समक्ष पार्टी जिल्ला कमिटि  मार्फत मङपु समष्टि अखिल भारतीय तृणमूल पार्टीले मङपु अनि यसको संग्लग्न क्षेत्रहरुलाई लिएर छुट्टै ब्लक गठन गरिन पर्छ,ब्रिटिसकालीन ऐतिहासिक रेसेप बजार एव यसको संग्लग्न क्षेत्रहरुलाई लिएर नगरपालिका दर्जा दिइनु पर्छ, बढ़दो जनसंख्याको ब्यावसायिक असुविधालाई ध्यानमा राख्दै पूर्ण सरकारी भारतीय स्टेट ब्यांकको स्थापना गरिनपर्छ भनि मांग गरिएको छ | यी मांगहरुलाई लिएर प.बंगाल सरकारका सम्बन्धीत मन्त्रालय एवं विभाग समक्ष पार्टीले चाडै नै ज्ञापन पत्र चडाउने जानकारी एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ | आजको सभमा यूनियन अध्यक्ष किरण ब्लोन,नारी ईकाई मूल सचिवा रेजिना गुरुङ,ब्लक कमिटि सचिव पवन बल,युनियन सचिव मिरेन लामा,समष्टि सभापति केएस छेत्री लगायत पार्टीका अन्य कार्यकर्ता उपस्थित थिए |
loading...

आज मङपुमा दार्जीलिङ सिन्कोना बगान वकर्स युनियन अध्यक्ष किरण ब्लोनको अध्यक्षतामा टीएमसी पार्टीका संगठनिक सभा सम्पन्न भयो | सभामा बिगत १८ डिसेम्बर२०१५ को दिन प.बंगाल विधानसभामा राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीको पहलमा उनको सहयोगी मन्त्री मण्डल (केविनेट) को सहमतिमा

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.