मङपूका नवदित कवि पुष्कर सिंगर (Pusker Singer) द्वारा रचित रुबाई संग्रह "फूलको थप्पड" को भब्य कार्यक्रम बिच बिमोचन भएको छ | त्रिकला सदन रङबी बिभाग द्वारा आयोजित कार्यक्रममा मङपूकै साहित्यिक श्रस्टा प्रमिला मुखिया द्वारा स्वागत भाषण राखिएको थियो भने मंग्पूका साहित्यिक श्रस्टा, गाउँका बरिष्ट व्यक्तिहरु लगायत दार्जीलिंग, कालेबुंग, खर्सांग, सिलिगुडी लगायत नेपाल, अनि विभिन्न क्षेत्रहरुबाट आएका साहित्यिक श्रस्टाहरुको उपस्थितिमा यस रुबाई संग्रहको बिमोचन भएको छ |
मङपू साथै नेपाली साहित्य जगतका बरिष्ट व्यक्ति अनि नेपाली अकादमी पुरस्कारले सम्मानित साहित्यकार मोहन ठकुरीको अध्यक्षता रहेको बिमोचन कार्यक्रममा प्रमुख अतिथि मन प्रसाद सुब्बा, विशिष्ट अतिथि कवि भीम थापा,नोरजाङ स्याङदेन, रेमिका थापा, सुधीर छेत्री, टेकध्वज जिम्बा, मिलन बान्तवा साथै प्रतिष्ठित संगीतकार मणीकमल छेत्री, काठामाण्डौबाट प्रसिद्ध गायक लाक्पा शेर्पा अनि अन्य अन्या बरिष्ट बक्तित्वहरुको उपस्थिति रहेको थियो |
कार्यक्रममा विभिन्न क्षेत्रहरुबाट आएका कवि, साहित्यकारहरुले आ- आफ्नो कविता कृतिहरु प्रस्तुत गरेका थिए भने साहित्य र संगीतमा नङ र मासुको सम्बन्ध रहेको हुँदा प्रसिद्ध गायक लाक्पा शेर्पाले पनि पुरानो मर्मस्पर्शी गीतहरु प्रस्तुत गरेर सबैलाई मुग्ध पारेका थिए | कवि पुष्कर सिंगरले बिगतका दिनहरुमा सामुहिक कविता संग्रह निकालेका थिए भने यो उनको पहिलो रुबाई संग्रह हो जसले मंग्पूको साहित्यिक इतिहासमा नयाँ पृष्ठ थप्दै नेपाली साहित्यलाई एउटा कृति दिन सफल बनेका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?