गोजमुमो लाठपन्चर सिटोङ समष्टिको सभा सम्पन्न, बिमल गुरुङ दिल्लीबाट फर्किएपछि कालीझोडाबाट पैदल यात्रा शुरु गर्ने

Gorkha janmukti morcha flag banner
गत २८ नोभेम्बरको दिन लाठपन्चर बिश्राम गृहमा गोजमुमो लाठपन्चर सिटोङ समष्टिको एउटा महत्वपूर्ण सभा ब्लक कमिटि अध्यक्ष शेखर थापाको अध्यक्षता सम्पन्न भएको छ | सभामा मोर्चा अध्यक्ष बिमल गुरुङको गोर्खाल्याण्ड जनजागरण यात्राको बारेमा चर्चा साथै भावी कार्यक्रमहरुको छलफल भयो | अध्यक्ष गुरुङले गोर्खाल्याण्ड बारे हरेक गाउँ बस्तीमा चेतना फैलाउन पैदल यात्रा गरेको प्राय पचास दिन जति पुग्दा केन्द्रबाट गृह मन्त्री राजनाथ सिंहले पैदल यात्रालाई अन्त गर्ने अनुरोध गर्दै वार्ताको निम्ति दिल्ली निम्ताएका थिए भने अध्यक्ष गुरुङले पैदलयात्रालाई अन्तको साटो केही दिनको निम्ति स्थगित गर्दै दिल्ली प्रस्थान गरेका छन् भने उनी दिल्लीबाट फर्की आएर पुन: पैदल यात्रालाई निरन्तरता दिने बताएका थिए | यसै अनुरुप जीटीए प्रमुख बिमल गुरुङ दिल्लीबाट फर्कि आए पश्चात कालिझोड़ाबाट फेरि गोर्खाल्याण्ड जनजागरण यात्रा शुरु गर्ने भएको छ |  अध्यक्षको यस्तो निर्णयलाई स्वागत गर्दै आउँदो दिनहरुमा कालीझोडा, लाठपन्चर, सिटोङमा, अध्यक्ष बिमल गुरुङको गोर्खाल्याण्डको निम्ति शुरु गरेको पैदल यात्रालाई भब्य स्वागत गर्ने यस सभामा निर्णय लिएको छ | यो पैदल यात्रा अवधि कालीझोडा, लाठपन्चर सिटोङ हुँदै अध्यक्ष बिमल गुरुङ पैदल यात्रा गर्दै खरसाङ प्रवेश गर्ने पनि सभामा सबैलाई जानकारी गराइएको छ |
सभामा लाठपन्चर सिटोङ समष्टि अध्यक्ष प्रमोद राई, खरसाङ महकुमा समिति युवा मोर्चा कोर कमिटि अध्यक्ष पेबेन्द्र गुरुङ, दार्जीलिंग तराई डुवर्स प्लानटेशन लेबर युनियन लाठपन्चर सिटोंङ समष्टि अध्यक्ष राम्बीर राई, सचिव नवीन चामलिंग, युवा मोर्चा समष्टि अध्यक्ष दिपेन्द्र बस्नेत साथै मोर्चाका अन्य - अन्या पदाधिकारीहरुको बिशेष उपस्थिति रहेको जानकारी युनियन सचिव नवीन चामलिंगले दिएका छन्  ||
loading...

गत २८ नोभेम्बरको दिन लाठपन्चर बिश्राम गृहमा गोजमुमो लाठपन्चर सिटोङ समष्टिको एउटा महत्वपूर्ण सभा ब्लक कमिटि अध्यक्ष शेखर थापाको अध्यक्षता सम्पन्न भएको छ |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.