जीटीए प्रमुख प्रति आभार

Bimal Gurung in Gorubathan during Gorkhaland Janjagaran padyatra
विगत १८ नोभेम्बरको दिन गोर्खाल्याण्ड जन जागरण पदयात्रा अवधि ४३ न० समष्टि अन्तर्गत गोरुबथान बजारमा सम्पन्न भएको पथ सभामा जीटीए प्रमुख कार्यपाल द्वारा गरिबी रेखा मुनिका परिवारहरुलाई "हाम्रो घर योजना" अन्तर्गत पहिलो किस्ती स्वरूप प्रत्येकलाई अस्सी हजार रुपियाँको चेक वितरण गर्ने कार्य भयो | यस अन्तर्गत लाब्दा - मङपू समष्टि अधिनस्थ सिम्ले गाउँका सात घर विपन्न परिवारलाई पनि उक्त योजनाको चेक वितरण गर्ने कार्य भयो | सिम्ले धुरा गोजमुमो शाखा सभापति सुबास राई,  युवा मोर्चा सभापति सतिश राई, उप सचिव योगेश गुरुङको नेतृत्वमा गएका सात घर विपन्न परिवारलाई यसरी एकैचोटि हाम्रो घर योजनाको पहिलो किस्ती चेक वितरण गरिंदा ती विपन्न परिवारकाहरुले बिशेष गरेर जीटीए कार्यपाल प्रति कुना काप्चामा रहेका निमुखा जनताको हितमा यसरी भलाईको कार्य गरिदिनु भए वापत वहाँको कृपा दृष्टि तथा उदार भावना प्रति मुरी मुरी धन्यबाद प्रकट गरेका छन् | उनले शुरु गरेको गोर्खाल्याण्ड जन जागरण पदयात्रा सफल होस् भन्ने कामना सहित गोर्खाल्याण्ड प्राप्तिको निम्ति इश्वरले थप शक्ति प्रदान गरुन भन्ने सदिच्छा प्रकट गरेका छन् | साथै ती विपन्न परिवारकाहरुलाई हाम्रो घर योजना अन्तर्गत पहिलो किस्तीको चेक प्राप्तिको निम्ति थप सहयोग गर्ने विधार्थी मोर्चा केन्द्रीय समिति प्रवक्ता अनमोल थापा एवम सदश्य विश्वास छेत्री प्रति पनि बिशेष आभार प्रकट गरेका छन् | यसको साथै शाखा सभापति, सचिव तथा अन्य भात्री संगठनका पदाधिकारीहरुलाई र पार्टी कार्यकर्ताहरु प्रति पनि लाभान्वित परिवारले कृतज्ञता व्यक्त गरेका छन् भनी साखा सभापति सुबास राईले एक प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ||
loading...

विगत १८ नोभेम्बरको दिन गोर्खाल्याण्ड जन जागरण पदयात्रा अवधि ४३ न० समष्टि अन्तर्गत गोरुबथान बजारमा सम्पन्न भएको पथ सभामा जीटीए प्रमुख कार्यपाल द्वारा गरिबी रेखा मुनिका परिवारहरुलाई "हाम्रो घर योजना" अन्तर्गत पहिलो किस्ती स्वरूप प्रत्येकलाई अस्सी हजार रुपियाँको चेक वितरण गर्ने कार्य भयो |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.