मङपु साहित्य संस्थानको तत्वावधानमा निकुन्जिका साहित्य श्रृंखलाको २१ औं प्रकरण सम्पन्न भयो | यस प्रकरणमा संस्थानका अध्यक्ष श्रीमान ए. के. गुरुङले कथा “मयुरी” वाचन गरेपछि कविवर रबी राईद्वारा कविता “अस्थायी बास” अनि विवेक शर्माले “कविता २० औं प्रकरण सुनेपछि” पठन गरे | सुजित थापाको कविता “कंचनजंघाको उचाई बढेछ”, प्रमिला मुखियाको “जिन्दगी र आकाश”, सुभद्र बम्जनले गजल अनि क्षेत्र प्रेम मुखियाका हिन्दी गजल वाचन गरे, पुरण छेत्रीले “पहाड तिमीलाई”, अनित खातीद्वारा कविता “चिठी” अनि दीप थापाद्वारा कविता “मन” अनि रुबाइहरु वाचन गरियो साथै आजको साहित्य श्रृंखलाको समिक्षा श्री थापाले प्रस्तुत गरे | पाठक अनि श्रोता पक्षमा श्री कृष्ण निरौला अनि अजित छेत्री उपस्थित रहेका थिए अनि यस प्रकरणलाई सुजित थापाले संचालन गरेका थिए |
निकुन्जिका साहित्य श्रृन्खलाको २१ औं प्रकरण
loading...
Post a Comment
We love to hear from you! What's on your mind?