मङपुकै भुमिपुत्र सिम्ले धुरा निवासी नोर्देन तेनजिङ डेनजोङपा द्वारा निर्देशित नेपाली कथानक चलचित्र “त्यो दिन” TYO DIN को चेरटी सो आगमी १०,१२,१३ अनि,१४ अक्टुबरको दिन स्थानीय रबिन्द्र आदर्स श्रमिक कल्याण केन्द्र भवनमा साझ ४ बजे देखि चार दिन सम्म प्रदर्शन हुने भएको छ | दार्जीलिङ जिल्लाका पैह्रो पीडित परिवारको सहयोगार्थ उक्त नेपाली चलचित्र त्योदिन को चेरटी सो मङपुमा आयोजन गरिएको जानकारी निर्देशक डेनजोङपाले जनाएका छन | द ईस्टन मिडिया ब्यानरद्वारा प्रोडकशन अनि गोपल चिमारिया द्वारा निर्मित साथै नोर्देन तेन्जिङ डेनजोङपा द्वारा निर्देशित चलचित्र “त्योदिन” नेपाल भूकम्प पिडीत परिवारको सहयोगार्थ नेपालको झापा,ईलामअनि तापलेजुङमा सफलता पुर्बक साथ प्रदर्शन भईसके पछि दार्जीलिङ जिल्लाका पैह्रो पीडित परिवारको सहयोगार्थ उक्त चलचित्रको चेरटीसो मङपुमा गरिएको जानकारी निर्देशले दिएका छन | दार्जीलिङ जिल्लाका पैह्रो पीडित परिवारको सहयोगार्थ उक्त चलचित्रको चेरटी सो ६ सेप्टेम्बरको दिन दार्जीलिङ भानु भवनमा पनि प्रदर्शन भईसकेका छन भने दशैँ अघिको रौनकतालाई स्वागत जनाउदै मङपु रबीन्द्र भवनमा “त्योदिन” चेरटी सो चार दिन् सम्म हुनेछ | उक्त चल चित्र हेर्नको निम्ति स्थानीय नालीडाड़ा गाउँले स्टोर, संजय रेस्टुरेन्ट अनि शिशिर गुरुङको पसलमा टिकट पाईने चलचित्र निर्देशकले जानकारी दिएका छन | पैह्रो पीडित परिवारको सहयोगार्थ उक्त नेपाली चलचित्र त्योदिन को चेरटी सो सम्पूर्ण दर्शकवर्गले हेरीदिने निर्देशकले सबैलाई आह्वान गरेका छन | मङपुको छोरो नोर्देन तेनजिङ डेनजोङपा द्वारा निर्देशित यो प्रथम नेपाली चलचित्र हो |
मङपुकै भुमिपुत्र द्वारा निर्देशित नेपाली चलचित्र “त्यो दिन " १० देखि १४ अक्टुबरसम्म रविन्द्र हलमा देखाइने
loading...
Post a Comment
We love to hear from you! What's on your mind?