सिटोङ, १६ अक्टोबर (सञ्जीव छेत्री)| पश्चिम बङ्गाल सरकारको सांस्कृतिक एवं सुचना विभागद्वारा लोक कलाकारका रुपमा पंजीकृत भएका सिटोङ क्षेत्रका कलाकारहरुद्वारा सामाजिक सचेतनामुलक कार्यक्रम खरसाङ गितान्जली युथ क्लब (Kurseong Gitanjali Youth Club) शेल्पूको सहयोगमा महलदिराम चियाबारी (Mahaldiram tea estate) स्थित प्राथमिक पाठशाला एवं महलदिराम जुनियर हाई स्कूलको सहभागितामा लोक प्रसार प्रकल्प (Lok Prasar Prakalpa) कार्यक्रम सम्पन्न भयो | जुनियर हाई स्कूलका शिक्षक एवं युवा साहित्यकार जितेन्द्र खवासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्राथमिक पाठशालाका प्रधानाध्यापक मनोज राई उपस्थित रहेका थिए |
गीतान्जली युथ क्लबका महासचिव अरुण खवासले जनाएअनुसार नेपाली, बङ्गाली, आदिवासी सबै जातिमा रहेको लोक कला एवं संस्कृतिको संरक्षण, सम्वर्धन अनि लोक कलाकारहरुको आर्थिक स्थितिको उत्थान गर्दै सरकारको समयसापेक्ष विविध योजनाहरुको जनजनमा प्रचारप्रसार गर्ने सरकारको यो योजनाअन्तर्गत वर्तमान सिटोङ क्षेत्रबाट १६ जना कालाकारहरु पंजीकृत भएका छन | केहिदिनअघि सिटोङ तीन ग्राम पन्चायतमा बसेको एक सभामा संस्कृति अनि सुचना विभाग अधिकारी खरसाङद्वारा उक्त पंजीकृत कलाकारहरुलाई मार्गदर्शन गर्नका साथै तीन विभिन्न समुहमा विभाजन गरेका थिए भने तिनै कलाकारहरुमध्ये संगीतकार रामकुमार छेत्री, अरुण खवास, अनुपम खवास, गायकहरु रमेश खवास, सुजित खवास आदिको समुहले ग्रीन दार्जीलिङ क्लिन दार्जीलिङ अनि प्रचेष्टा विषयक विभिन्न लोक आधारित गीत, कविता आदि प्रस्तुत गरे | प्रचेष्टा विषयअन्तर्गत मानव तस्करी रोक्ने प्रचेष्टा, छोरी पढाउने प्रचेष्टा अनि अन्य विविध समाजहितको प्रचेष्टाबारे जनचेतना जगाउने प्रस्तुति कलाकारहरुले दिएका थिए |
दुवै विद्यालयका शिक्षक शिक्षिका लगायात गाउँलेहरुको उपस्थितिमा सम्पन्न कार्यक्रमलाई संचालन गर्दै अरुण खवासले कार्यक्रमको पृष्ठभूमि अनि औचित्य बारे बताएका थिए | सरकारका विभिन्न जनहितकारी कार्यक्र्महरूबारे उपस्थित जनसमुहलाई बताउंदै उनले स्वच्छ भारत अभियान, ग्रीन दार्जीलिङ-क्लिन दार्जीलिङ आदि विषयहरुबारे प्रकाश पारेका थिए |

Post a Comment
We love to hear from you! What's on your mind?