लाब्दा गुम्बामा ख्येन रिम्पोछे द्वारा टाच्येद, वाङ अभिषेक अनि प्रवचन कार्यक्रम

Khyen rimpoche at labdah gumpa
लाब्दा गान्तीडांडा स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा ख्येन रिम्पोछेको उपस्थितिमा दुई दिवशीय दिक्षा (टाच्येद) ग्रहण एवम वाङ अभिषेक कार्यक्रम सम्पन्न भएको छ | दोङाग छ्योलिङ सर्वजनिक गुम्बा अनि अखिल भारतीय महायाना बौद्ध म्हानिपा संघ मंग्पू लाब्दाको संयुक्त आयोजनामा सम्पन्न उक्त धार्मिक अनुष्ठानको पहिलो दिन बिहानको पुजा दोर्जे लोबेन लामा, उदय पाख्रीन एवम आचार्य छोपेलको अगुवाईमा भएपछि टाच्येद कार्यक्रम सम्पन्न भएको थियो | संघ केन्द्रीय सल्लाहकार साङ्गे होइसर काल्देन तामांग द्वारा बौद्ध धर्मको महत्व बारे छोटो बक्तव्य पेश गरिएको कार्यक्रममा दार्जीलिंग जिल्ला महासचिव आकाश लामाले संघले अहिलेसम्म गरेको बौद्ध धर्म बिकाशको कार्यहरुको जानकारी गराउंदै यो अभियानलाई व्यापकरुपमा अघि बढाएर लाने आह्वान गरेका थिए | यसरी पहिलो दिनको अन्तिम कार्यक्रममा ख्येन रिम्पोछे द्वारा धर्म ढोका अध्याय माथि गहन प्रवचन प्रस्तुत गर्दै म्हानी लुङ प्रदान गरेका थिए |
दोश्रो दिनको कार्यक्रममा रिम्पोछे द्वारा गुरु क्याब्डो (शरण गमन) अनि कुन्साङ मेलुङ सालाङ (धर्म ढोका) अघिल्लो दिनको रहल अध्याय वचन श्रवण गराउंदै जीवनलाई कसरी मोक्ष, शान्ति प्राप्ति हुन्छ भन्ने विषयमा उपस्थित भक्तजनहरुलाई मार्ग दर्शन गराएका थिए | प्रवचनपछि रिम्पोछेको बहुलीबाट उपस्थित भक्तजनहरुलाई वाङ अभिषेक वितरण गरियो भने रिम्पोछेलाई सहयोग गर्न स्थानीय धर्मगुरु लामाहरु पनि उपस्थित रहेका थिए |
अन्तमा गुम्बा संचालन समिति सचिव प्रकाश मोक्तान, सभापति अरुण पाख्रीन, गुम्बा निर्माण समिति सचिव सुरेन पाख्रीन, सभापति सिठू मोक्तान, कोषध्यक्ष एकिता तामांग लगायत म्हानिपा संघको तर्फबाट धर्म गुरु ख्येन रिम्पोछे प्रति आभार प्रकट गर्दै रिम्पोछेको बहुलीबाट रिम्पोछेको फोटो फ्रेम प्रत्येक म्हानिपा संघलाई प्रदान गरियो |
loading...

लाब्दा गान्तीडांडा स्थित दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा ख्येन रिम्पोछेको उपस्थितिमा दुई दिवशीय दिक्षा (टाच्येद) ग्रहण एवम वाङ अभिषेक कार्यक्रम सम्पन्न भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.