दिनदयाल उपाधया ग्राम ज्योति योजना अन्तर्गत सिम्लेमा विधुतीकरण

Electrification in simley mungpoo under Deendayal Upadhyaya Gram Jyoti Yojana
केन्द्र सरकारको योजना अनुसार हरेक क्षेत्रलाई सही प्रकारले बिधुतिकरण गर्न तयार भएको दिनदयाल उपाधया ग्राम ज्योति योजना (Deendayal Upadhyaya Gram Jyoti Yojana) अन्तर्गत जीटीएबाट मंग्पूमा पहिलो पल्ट सिम्ले शाखाबाट शुरु गर्ने धेयले पुजा अर्चनाको साथ क्षेत्रीय सभासद रातन थापाको बाहुलीबाट सो कार्यको शिलान्यास भएको छ |
हालसम्म चलिरहेको पश्चिम बङ्गाल राज्य बिधुत योजना अनुसार सही प्रकारले बिधुत वितरण  नभएकोले धेरै गाउँ शहरहरुमा उपभोक्ताहरुले सही प्रकारले बिधुत उपभोग गर्न नपाएको साथै एउटा ट्रान्सफर्मरबाट सय भन्दा धेर घरहरुले बिजुली बाल्नु पर्ने अवस्था थियो जसको कारण बार बार ट्रान्सफरमर जल्ने, कुनै क्षेत्रमा धिब्री बत्ती जस्तो भोल्टेज पुग्ने, ओभरलोडको कारण विधुती दुर्घटनाहरु  हुने गरेकोले बिधुत सर्वाहमा अनियमितता हुने गर्थ्यो भने अब यस योजना अनुसार हरेक तीस घरलाई एउटा ट्रान्सफरमर दिइने भएको छ | जसको निम्ति हरेक क्षेत्रमा तीस घर आपस्तमा सर - सलाह गर्दै सभासदसित सम्पर्क गर्नु पर्ने हुन्छ र हरेक तीस घर बराबरको ग्रुपको संरक्षक सभासद हुने गर्छ | पहिलेबाटै बिजुली जडान भएको घर - गाउँहरुले पनि तीस घर बराबरको एउटा ग्रुप बनाएर सभासदसित सम्पर्क गर्ने अपिल पनि गरिएको छ | मंग्पूमा यो योजनाको बिगत डेड़ वर्ष अघिदेखि नै सर्वे भएपनि दार्जीलिंग जिल्लाको कतिपय बिद्युत सर्वाह नै नभएको दुर्गम स्थानहरुमा पहिले बिद्युत जडान कार्य भएकोले मंग्पूमा आइपुग्न केही बिलम्ब भएको जानकारी मोर्चा मंग्पू जोन सचिव रतन लामाले बताएका छन् | यो योजना अनुसार गरिबी सिमादेखि मुनी (बिपीएल) का उपभोक्ताहरुलाई उनीहरुको प्रमाण पत्रहरु हेरेर बिशेष छुट दिइने पनि जानकारी पाइएको छ |


जीटीए अनि सम्बन्धित विभाग पर्यावरण प्रति सचेत भएपनि यो योजना अनुसार सही प्रकारले बिधुतिकरण गर्नलाई कसैको घरको रुख आदि काट्नु पर्ने बाध्यता पनि आउन सक्छ जसलाई उपभोक्ताहरुले एकार्कामा समझदारी अपनाउंदै कुनै विरोध नगरि यो योजनालाई सफलीभूत पार्न सहयोग गरिदिने अनुरोध पनि गरेको छ |
यसको साथै सही प्रकारले बिधुतिकरण गर्नलाई गाउँ घरमा कतिको रुखहरु काट्नु पर्ने बाध्यता आउने गरेकोले सबैले यसमा पहिलेबाटै आफु तयार हुनुपर्ने मोर्चा मंग्पू जोनले अपिल गरेका छन् |
आनन्द राइले संचालन गरेको शिलान्यास कार्यक्रममा जीटीए पावर डिपार्टमेन एकजुकेटिभ इन्जिनियर सुरज थापा , ठेकादार नारायण थापा, मंग्पू जोन सचिव रतन लामा अनि अन्य सम्बन्धित विभागका अधिकारीहरु उपस्थित थिए |
सभासद रतन थापाको सतप्रयासमा सिम्ले क्षेत्रको दीर्घ दिनदेखिको समस्या समाधान हुने आशामा ग्राम बासीले सभासद प्रति आभार प्रकट गरेका छन् ||
loading...

केन्द्र सरकारको योजना अनुसार हरेक क्षेत्रलाई सही प्रकारले बिधुतिकरण गर्न तयार भएको दिनदयाल उपाधया ग्राम ज्योति योजना (Deendayal Upadhyaya Gram Jyoti Yojana) अन्तर्गत जीटीएबाट मंग्पूमा पहिलो पल्ट सिम्ले शाखाबाट शुरु गर्ने धेयले पुजा अर्चनाको साथ क्षेत्रीय सभासद रातन थापाको बाहुलीबाट सो कार्यको शिलान्यास भएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.