मङपू , सिटोंग
अनि लाठपन्चर क्षेत्रका बासिन्दाहरुले
दीर्घ दिनदेखि बिधुत उपभोगमा
झेल्नु परिरहेको समस्याहरुलाई
धेरै नजिकबाट अनुभव गरिरहेका
क्षेत्रीय सभासद रतन थापाको
अथक प्रयासले आज मङपू अनि सिटोंगको
संगम स्थल जोगीघाट परिसरमा
दीनदयाल उपाध्याय ग्रामिण
ज्योति योजना अन्तर्गत ३३/११
के०भी० ( 33/11 KV sub - station at jogighat) को बिधुत सबस्टेशन निर्माण
हेतु ब्राह्मण द्वारा विधिवत
पुजा - अर्चना गर्दै शिलान्यास
गरिएको छ |
हालसम्म मङपू भेकका मानिसहरुले कालेबुङबाट अनि सिटोंग - लाठपन्चर भेकका मानिसहरुले खर्सांगबाट आएको बिजुली उपभोग गरिरहेका थिए भने बर्खायाममा हाइटेनशन तार चुडिएर बत्ती काटिए उपभोक्ताहरुलाई बिजुली दिने कुनै बैकल्पिक सबस्टेशन थिएन | यसैले गर्दा पनि हप्ता - पन्द्रह दिनसम्म बिधुत उपभोग गर्नदेखि बन्चित रहने गर्दथे अथवा प्राय आधा महिना मात्रै बिधुत उपभोग गर्न पाउने गर्दथ्यो भने यही समस्यालाई निहालेर नै यहाँ ३३/११ के०भी०को वैकल्पिक सबस्टेशन निर्माण गर्ने योजना बनिएको जानकारी छ | साथै यहाँ सबस्टेशन निर्माण भएपछि अहिलेसम्म चलिरहेको बिधुत सर्वाह कुनै कारणवश रोकिए यो सबस्टेशनबाट बिधुत सर्वाह गरेर क्षेत्रबसीलाई नियमित बिधुत सेवा दिन सकिने सम्बन्धित अधिकारीहरुले जनाएका छन् |
आज शिलान्यास गरिएको स्टेशनमा रिनचिनटन हाइडल प्रोजेक्ट ( Rinchintong Hydel Project) बाट हाइटेनशन लाइन जडान गरेर ल्याउने भएकोले पहिले यो रुट जडान मै बिशेष समय लाग्ने बताउंदै स्टेशन निर्माण भएन भनेर कसैले पनि निराश नहुने उपस्थित अधिकारीहरुले जनाएका छन् साथै यो कार्यले रफ्तार लिनुमा सबैको सहायताको खाँचो पर्ने हुनाले यी क्षेत्रका बासिन्दाहरुले बिधुतको तार बिछ्याउदा सचेत भएर कुनै बाधा नदिए काम चाडो हुनेपनि उपस्थित भेलालाई जानकारी गराएका छन् | गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका कार्यकारिणी सभासद थापाले सम्भाषणको क्रममा सबस्टेशनको निम्ति जमीन उपलब्ध गराइदिकोमा सिन्कोना बगान प्रतिनिधि व्यवस्थापक नरेश बराइलीलाई पनि हार्दिक धन्यवाद दिएका छन् |

गोजमुमो
मङपू जोन साचिव रतन लामा द्वारा
संचालित शिलान्यास कार्यक्रममा
प्रोजेक्ट म्यानेजर दीपक प्रधान,
अदित्या नाथ डिभीजनल म्यानेजर
खर्सांग, बिमल प्रधान एक्जुकेटिभ
इन्जिनियर खर्सांग, उदय राई
एसिस्टेन्ट इन्जिनियर खर्सांग,
प्रनित सुब्बा डिभीजनल म्यानेजर
कालेबुंग, ठेकादार बिर्जु गर्ग,
नारायण थापा, मङपू सिन्कोना
व्यवस्थापक नरेश बराइली, दुवै
क्षत्रका मोर्चा नेतृत्ववर्ग,
भूतपूर्व प्रदान रतन अधिकारी
अनि डिगेल लेप्चा, बर्मन साहेब,
अनि गाउँका बुजुर्ग व्यक्ति
आदिको बिशेष उपस्थिति रहेको
थियो ||
Post a Comment
We love to hear from you! What's on your mind?