मंग्पू मोटर कर्मचारी कल्याण संगठनले त्रिशुले फाटकमा विश्वकर्म पुजा गर्ने

Vishwakarma Puja
मंग्पू मोटर कर्मचारी कल्याण संगठनले विगत वर्ष झैँ यस वर्ष पनि रम्बी शाखा त्रिशुले फाटकमा भब्य रूपमा विश्वकर्म पुजा आयोजन गर्ने संगठन सभापति हर्क लामाले बताएका छन् | यसै दिन त्रिशुले फाटकमा नव निर्मित विश्वकर्म भगवानको मन्दीरको पनि उद्घाटन गरिने जानकारी गराएका छन् | यस मन्दिर निर्माणमा सिन्कोना व्यवस्थापक एनके बराइलीले मन्दिरको निम्ति जमीनको व्यवस्था गरिदिनु भएकोमा संगठनले हार्दिक कृतज्ञता पनि व्यक्त गरेका छन् | यसको साथै १७ सितम्बर अर्थात विश्वकर्म पुजाको दिन गाडी नचल्ने हुनाले साधारण यात्रीहरुमा पर्न जाने असुविधामा संगठनले अग्रिम खेद प्रकट गरेका छन् | यस दिन चालकहरुको विशेष पुजा एवम एउटा पर्व नै मानिने हुनाले त्यस दिन मंग्पू भित्रका सबै बहानहरु पूर्ण रुपले बन्द रहने जानकारी पनि मंग्पू मोटर कर्मचारी कल्याण संगठनले गराएका छन् |
loading...

मंग्पू मोटर कर्मचारी कल्याण संगठनले विगत वर्ष झैँ यस वर्ष पनि रम्बी शाखा त्रिशुले फाटकमा भब्य रूपमा विश्वकर्म पुजा आयोजन गर्ने संगठन सभापति हर्क लामाले बताएका छन् |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.