गोजमुमो सिम्ले शाखा बिघटन भएको नारी मोर्चा द्वारा खण्डन

Gorkha Janmukti Morcha Flag
केही दिन अघि मंग्पूको सिम्ले शाखाको सम्पूर्ण गोजमुमो पार्टी, नारी मोर्चा, युवा मोर्चा विघटन भएको समचारलाई नारी मोर्चा सिम्ले शाखा सचिव शोभा मंगर अनि सभानेत्री कमलमाया राईले कडा शब्दमा खण्डन गर्दै स्पष्टिकरण दिएका छन् | उनीहरुले यसलाई गाउँका आफ्नै स्वार्थ मात्र हेर्ने केही कुतत्वहरुले पार्टीलाई बद्नाम गर्ने षड्यन्त्र मात्र गरेका हुन भनेका छन् | आफूहरु उपस्थित नभएको सभामा उनीहरुको आफ्नै इच्छाले नाम हाल्दै अन्यलाई पनि बद्नाम गर्ने कोशिश गरेको छ भनी बताउंदै नारी मोर्चा नेत्रीहरु उपस्थित नरहेको सभामा कसरी नारी मोर्चा विघटन भयो भन्दै प्रश्न गरेका छन् | गोजमुमो सिम्ले शाखा नारी मोर्चा अन्य कुरोतिर नभुलिएर गोर्खाल्याण्डको निम्ति सदैव समर्पित भएको हुँदा संगठनलाई विघटन गर्ने कुरै आउँदैन भनेका छन् | गाउँमा बिकाश भएन भन्ने कुरोहरु अनि सभासद आउँदैनन् भन्ने सबै आरोपहरु सरासर झुटो रहेको बताउंदै गाउँमा सार्वजनिक भवन, बाटो आदिको कामहरु सभासदकै सफल नेतृत्व अनि पारदर्शीताको नतिजा स्वरूप काम भइरहेको साथै सभासदको पनि कति आफ्नै व्यस्तताहरु हुने हुनाले एकोहोरो आउन नसक्ने भएपनि आफूहरुलाई परिआएको हरेक सुख – दु:खमा सभासद आएको सचिव शोभा मंगरले बताएका छन् | अन्तमा यस घटनालाई झुटो बताउंदै आफुहरु एक इन्च पनि नडगमगाई गोजमुमोलाई समर्थन गरिनै रहेको बताउंदै गाउँका साधारण जनताहरु यस्ता गलत संदेश अनि मानिसहरु देखि सतर्क रहने अपिल गरेका छन् |    
loading...

केही दिन अघि मंग्पूको सिम्ले शाखाको सम्पूर्ण गोजमुमो पार्टी, नारी मोर्चा, युवा मोर्चा विघटन भएको समचारलाई नारी मोर्चा सिम्ले शाखा सचिव शोभा मंगर अनि सभानेत्री कमलमाया राईले कडा शब्दमा खण्डन गर्दै स्पष्टिकरण दिएका छन् |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.