स्कूलडांडा भजने शिशु शिक्षा केन्द्रमा निर्मल विधालय सप्ताह पालन

Nirmal Bharat Total sanitation for all
ग्रीन दार्जीलिंग क्लीन दार्जीलिंग नारालाई सफल बनाउन मंग्पू रोंगचोंग ग्राम पंचायत अन्तर्गत पर्ने स्कूल डांडा भजने शिशु शिक्षा केन्द्रले चार दिवसीय निर्मल विधालय सप्ताह पालन गरिएको छ | जस अन्तर्गत पहिलो दिन ६ सेप्टेम्बरको कार्यक्रममा निर्मल विधालय सप्ताह बारे छोटो बक्तब्य सहयिका इन्चार्ज सुनिता गुरुङ द्वारा राखियो भने स्वास्थ्य जीवनको निम्ति हातको साफ सफाई बारे विधार्थीहरुलाई पाँच प्रकारका हात सफा गर्ने अनि साबुन प्रयोग गर्ने विधि बारे अव्गात गराइएको थियो | यसरी नै पाठशाला परिसरमा शाररिक सफाई, शौचालय सफाई अनि परिसर सरसफाई बारे प्लेकार्ड हातमा लिइ विधार्थीहरुले परिक्रमा गरे | यसैदिन शिशु शिक्षा केन्द्रको संचालन समिति अनि आमा शिक्षा शिक्षक संगठनको उपस्थितिमा विगत वर्षको शिशु सांसद विघटन गरी नयाँ शिशु सांसद गठन गरियो जसमा प्रधानमन्त्री गुडिया मण्डल, खाध्य मन्त्री मनिका राई, खेल मन्त्री दिपास तामांग, शिक्षा अनि परिवेश मन्त्री सचिना गिरी अनि स्वास्थ्य मन्त्री आशिष राई चयन गरिएको छ |

दोश्रो दिन शुद्ध पानी स्वास्थ्य जीवन विषय बस्तु माथि विधार्थीवर्गलाई सहयिका सुनिता गुरुङ अनि सचिता राई द्वारा अव्गात गराइएको थियो | विधार्थीहरुलाई गाउँ घरमा पाइखाना विहिन घरको निरीक्षण अनि शुद्ध खाने पानीको मुहान निधो गरी त्यसको रिपोर्ट बुझाउने दायित्व सुम्पिएको थियो अनि त्यसै दिन पाठशाला वरिपरी सरसफाई पनि गरिएको थियो |
तेश्रो दिनको कार्यक्रममा विधार्थीहरुलाई खाना खानु अघि अनि पछि पाँचवटा विधिद्वारा हात धुने तरिका सिकाइयो त्यसपछि नव निर्मित शिशु संसदका पाँच विभागका मन्त्रीहरुले आफ्नो दायित्व कसरी निर्वाह गर्नु पर्ने विषयमा अव्गात गराएका थिए | अन्तमा चौथो दिनको कार्यक्रममा विधार्थी नानीहरुलाई साफ सफाई विषयमा सम्बन्धित  विभिन्न विषयहरुमा आधारित बस अनि चित्र बनाउ प्रतियोगिता संचालन गराएका थिए | यसरी चार दिवशीय निर्मल विधालय सप्ताह पालन गर्दै उक्त दिनहरुको रिपोर्ट उप – प्रिदर्शक, क्षेत्रीय कार्यलय मंग्पूमा पेश गरिएको छ |
loading...

ग्रीन दार्जीलिंग क्लीन दार्जीलिंग नारालाई सफल बनाउन मंग्पू रोंगचोंग ग्राम पंचायत अन्तर्गत पर्ने स्कूल डांडा भजने शिशु शिक्षा केन्द्रले चार दिवसीय निर्मल विधालय सप्ताह पालन गरिएको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.