मङपु सुमिकल इन्स्टिच्युट अफ डान्स ( Sumikal Institute of Dance) द्वारा आयोजित रुद्रान्ना डान्स डाईमेन्सन प्रतियोगिताको क्वाटर फाईनल आज सम्पन्न भयो | रेश्मा बरुवा अनि प्रभास तामाङ जज रहेको उक्त नृत्य प्रतियोगितामा प्रमुख अतिथिमा गगन राई उपस्थित थिए | आज सम्पन्न भएको २८ जना प्रतियोगीहरु मध्ये १६ जना प्रतियोगीहरु रुद्रान्ना डान्स डाईमेन्सन प्रतियोगिताको सेमीफाईनल राउण्डमा पुगेका छन् | जसमा सिनियरमा सत्यम तामाङ लाटपन्चर,रिया तामाङ लाटपन्चर,उपश्ना तामाङ सिलगडी,रोजा थापा मङपु,जसमिका प्रधान गोरुबथान,यसरी नै जुनियरमा स्मृति राई मङपु,समृद्धि तामाङ सिलगडी, रजिता सोनाम घुम,सुनैना तामाङ सुकेपोखरी,दावा लमु तामाङ चामुङ टीस्टेट ,साईकृपा शर्मा मङपु,सलोनी लिम्बु मङपु अनि कृषिका लोहार मङपु सेमीफाईनल राउण्डमा पुगेका छन | दीपसोनी लिम्बु अनि प्रयास योन्जनले सन्चालन गरेको नृत्य प्रतियोगिताको शुरुमा बिगत राजमार्ग १० हाईवेमा सडक दुर्घटनामा परि मृत्यु भएका रुद्रना डान्स मेघा अडिसनका प्रतियोगी स्व: सिमा तामाङको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनको चिरआत्मा शान्तीको निम्ति दुईमिनटको मौन धारण गरियो साथै उनकै बोजु सुकमति तामाङको बाहुलीबाट उनको तस्बीरमा क्यान्डल बालेर श्रद्धाञ्जली अर्पण गरियो | रुद्रान्ना डान्स डाईमेन्सन प्रतियोगिताको पफमर अफ द डे पनि सिमा तामाङको नाममा नै दिने आयोजक समितिले घोषणा गर्यो भने आजको पफमर अफ द डे दावा लमु तामाङलाई चयन गरियो | मिडिया पार्टनर हिमालयदर्पण अनि मङपुच्यानल रहेको उक्त नृत्य प्रतियोगिताको सेमीफाईनल राउण्ड ११ अक्टुबर २०१५ अनि ग्रान्ड फिनाले ११ नोभेम्बर २०१५ को दिन सम्पन्न हुने आयोजक समितिका सदश्य ऋतु थापा अनि थुप्देन राईले जानकारी दिएका छन |
रुद्रान्ना डान्स प्रतियोगिताको क्वाटर फाइनल सम्पन्न
loading...
Post a Comment
We love to hear from you! What's on your mind?