गुरूजी बाल शैक्षिक कार्यक्रम

How to tech children
सिद्धान्त मिश्रद्वारा संचालित गुरूजी बाल शैक्षिक कार्यक्रम अन्तर्गत मसिना बाल-बालिकाहरूबाट भजन, नृत्य, प्रवचन अनि मंगल सूक्तीहरू पनि प्रस्तुत गरियो। उक्त कार्यक्रममा भारप्राप्त सभासद, वन विभाग, जीटीए श्री रतन थापा अनि उनकि धर्मपत्नी श्रीमति पूर्णीमा मोक्तानको विशेष उपस्थिती रहेको थियो। रात्रिकालिन कार्यक्रममा एक महिनादेखि गीता मन्दिरमा वितक चर्चा सुनाँउदै आउनुहुने बर्मेक, सिक्कीमका महाराज श्री जीवनदास तिवारीजीले श्रीकृष्ण प्राकट्य महोत्सवको  महत्व बारे प्रवचन प्रस्तुत गरे।

वर्तमान समयमा बिभिन्न नशा अनि कुलतहरूको वशमा परेर जीवन नष्ट गरिरहेका युवावर्गलाई पुन: सुमार्गमा आउन प्रेरित गराउन साथै दिनदिनै बढ्दो अनावश्यक पशु-पक्षिको निर्मम वध अनि गौहत्या जस्ता जघन्य कार्यहरूको विरोध गर्न श्री जीवनदास महाराजजीले सदैव आफ्नो प्रवचनद्वारा ग्रामवासीलाई सचेत गराँउदै आएका थिए। कार्यक्रममा मंगलधाम, कालेबुङका लोकप्रिय भजन गायक श्री लक्ष्मण काफ्ले अनि नक्सलबाडि, सिलिगुडीका संगीत गुरू बरिष्ठ तबला वादक अनि गायक श्री देवाशिष भट्टाचार्य द्वयले आफ्नो रोचक भजनहरू द्वारा श्रोताहरूलाई मन्त्रमुग्ध पारे। रङ्बी बिचकमान विभाग बाट पनि धेरै संख्यामा सुन्दरसाथहरू उपस्थित रहेका थिए। श्री बाईजुराज समूहका महिला सदस्यावर्ग बाट पनि रोचक डाँडीया नृत्य प्रस्तुत गरियो। मङ्पू सिन्कोना बगानका व्यवस्थापक श्री एन°के° बराईली को विशेष उपस्थिती मा सम्पन्न उत्तरार्धको कार्यक्रममा सुन्दरसाथहरूबाट भावपूर्ण भजनहरू अनि आकर्षक नृत्यहरू लगातार रूपले प्रसतुत भएपछि मध्यरात्रीको समय श्रीकृष्णजीको प्राकट्य समय खुबै हर्षोल्लास संग भजन, जय-जयकार अनि नृत्य गरेर मनाईयो।



श्रीकृष्ण प्रणामी गीता मन्दिर मङ्पूमा श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा पालन

महिना व्यापी श्रीमद् वितक कथाको ३ सेप्टेम्बर २०१५ को दिन पूर्णाहूती भए पश्चात गत ४ सेप्टेम्बर २०१५ को दिन वरीष्ठ सुन्दरसाथ श्रीमति नैनाकला थापाको बाहुलीबाट श्रीकृष्ण प्रणामी धर्मको झण्डा उत्तोलन गरि श्रीकृष्ण प्रणामी गीता मन्दिर, रेसेप, मङ्पूमा यस वर्षको श्रीकृष्ण प्राकट्य महोत्सव प्रारम्भ गरियो। पूर्वार्द्धको कार्यक्रममा स्थानिय सन्त मंगल अकादमीका विद्यार्थीवर्ग साथै सुन्दरसाथहरूबाट गुरू वन्दना अनि भावपूर्ण भजनहरू प्रस्तुत गरियो। विद्यार्थीवर्गलाई उच्च शिक्षा प्राप्ति तर्फ प्रेरित गर्ने उद्देश्य लिएर यस वर्ष माध्यमिक अनि उच्चतर माध्यमिक / आई°एस°सी° परिक्षामा प्रथम दर्जा ओगट्न सफल दुई मेधावी छात्रहरू - बादल ठकुरी अनि साहिल गुरूङलाई मंगल प्रज्ञा पुरस्कारद्वारा सम्मानित गरियो। पुरस्कारको प्रायोजन श्री सुजित थापा अनि परिवार द्वारा गरिएको थियो ।

loading...

सिद्धान्त मिश्रद्वारा संचालित गुरूजी बाल शैक्षिक कार्यक्रम अन्तर्गत मसिना बाल-बालिकाहरूबाट भजन, नृत्य, प्रवचन अनि मंगल सूक्तीहरू पनि प्रस्तुत गरियो।

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.