सभासद रतन थापा, एमएलए रोहित शर्मा द्वारा रन्जुभेली अग्नि घटनास्थल भ्रमण | पिडित परिवारको घर बनाइदिने बिमल गुरुङको बचन

Sabhasad Ratan Thapa visits Rangu Ranju Valley fire incident
गत शुक्रबार २४ जुलाई को राती प्राय ११:१५ बजे आकस्मिक लागेको आगोले जलेर रन्जुभेलीका दुई घर खरानी भएपछि बेघर भएका दिपेन्द्र छेत्री अनि सुबास गुरुङको परिवारलाई राहत सामग्री, सान्त्वना साथै विभागीय सहुलियतहरु दिलाउन सरकारी अनि राजनैतिक पदाधिकारीहरु पुगिरहेका छन् | यसै क्रममा आफ्नो शाररिक अस्वस्थताको कारण समयमै पिडित परिवारलाई भेट्न नसकेकोमा खेद प्रकट गर्दै क्षेत्रीय सभासद अथवा लाब्दा मंग्पू समष्टि तथा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन कार्यकारिणी सभासद रतन थापा आज बिहान ७ बजे नै पिडित दुई परिवारलाई भेट्न पुगेका छन् | सभासद थापाले यही भ्रमण अवधि बेघर बनेका दिपेन्द्र छेत्री अनि सुबास गुरुङ साथै यसै घरका दुई दोकानदार सबिता गुरुङ अनि मोतिलाल परियारलाई वर्तमान परिस्थितिको सामना गर्न केही आर्थिक सहयोग पनि दिएका छन् | यसको साथै क्षेत्रीय सभासद रतन थापाकै नेतृत्वमा तत्कालै यी दुई अग्नि पिडितहरुलाई दार्जीलिंगको जामुनेमा पुराई जीटीए कार्यपाल बिमल गुरुङसंग भेट गराउंदै पिडित परिवारको पक्षमा कार्यपालसित आवश्यक राहत एवम सहुलियत दिलाइदिने अपिल गरेका छन् भने कार्यपाल बिमल गुरुङले पनि पिडित दुई परिवारलाई सान्त्वना दिंदै जीटीएको सम्बन्धित विभागबाट घर बनाइदिने पनि बचन दिएका छन् | जसको निम्ति कार्यपाल गुरुङको निर्देशमा मंगलबार जीटीए पंचायत एवम ग्रामीण बिकाश कार्यकारिणी निर्देशक छेवांग पाल्जोर अनि जीटीए ओएसडी कार्यकारिणी निर्देशक भाष्कर राई घटनाको निरीक्षण गर्न रन्जुभेली आउने भएका छन् | यसरी नै आज खर्सांग महकुमा एमएलए डा० रोहित शर्माले पनि अग्नि पिडित परिवारलाई भेट गर्दै केही राहत सामग्री दिनुको साथै जीटीएबाट आफुले सकेसम्मको सहयोग गर्ने सान्त्वना दिएका छन् |
यसरी नै आज दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनबाट गगन राई, मोर्चा मंग्पू जोन सचिव रतन लामा अनि सुदेश छेत्रीले पनि घटना स्थलको भ्रमण गरेका छन् |
यही क्रममा सिन्कोना व्यवस्थापनको पक्षबाट हिज व्यवस्थापक नरेश बराइलीको निर्देशमा रन्जु भेली सह – व्यवस्थापक बिदुर कार्की घटना स्थल पुगेका थिए भने आज सिन्कोना व्यवस्थापक नरेश बराइली स्वय अनि सह – व्यवस्थापक बिदुर कार्की घटना स्थलमा पुगी पिडित परिवारलाई राहत सामग्री दिनुको साथै सिन्कोनाको पक्षबाट हुन सक्ने सबै प्रकारको सहयोग दिलाउन पछि नहट्ने बचन दिएका छन् |
यस घरि रन्जुभेली अग्नि पिडित परिवारमा आइपरेको आकस्मिक दुर्दशाको सामना गर्न अनि पिडित परिवारलाई राहत सामग्री साथै अन्य आवश्यक सहुलियतहरु दिलाउन सहयोग गर्ने  राहत कमिटि पनि गठन गरिएको जानकारी छ |
loading...

गत शुक्रबार २४ जुलाई को राती प्राय ११:१५ बजे आकस्मिक लागेको आगोले जलेर रन्जुभेलीका दुई घर खरानी भएपछि बेघर भएका दिपेन्द्र छेत्री अनि सुबास गुरुङको परिवारलाई राहत सामग्री, सान्त्वना साथै विभागीय सहुलियतहरु दिलाउन सरकारी अनि राजनैतिक पदाधिकारीहरु पुगिरहेका छन् |

Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.