मङपूमा अन्तर विभागीय फुटबल खेल सम्पन्न, अब स्वतन्त्रता दिवश च्यालेन्ज फुटबल हुने

inter division football tournament
आज स्थानीय मङपु जन मैदानमा आदर्श श्रमिक कल्याण पश्चिम बंगाल सरकारको आयोजनमा अन्तर विभागीय एक दिने फुटबल खेल भूपु खेलाडी एन.पी राईको अध्यक्षतामा सम्पन्न भयो  | सिन्कोना बगान निर्देशक डा.सामुएल राईको  प्रमुख अतिथि रहेको आजको फुटबल खेलमा रङबी,लाब्दा,रेसेप,रन्जुभेल्ली अनि मङपुका पाचवाट सिन्कोना विभागका खेलाडीहरुले अंश ग्रहण गरेका थिए | पाँचवाट बिभागबाट चुनिएका खलाडीहरुलाई लिएर मङपु एकादश दल गठन गरियो | आज गठन गरिएको मङपु एकादश दललाई आगामी २५ जुलाईको दिन सिलगडी डागापुर जनमैदानमा अन्तर टीगार्डन  फुटबल टूनामेन्ट खेल खेल्न पठाउने जानकारी आदर्श श्रमिक कल्याण केन्द्र प्रभारी श्रीमती एस.छेत्रीले दिएका छन | आज सम्पन्न भएको अन्तरविभागीय फुटबल खेलबाट खेलाडी छनौट गरि मङपु एकादश दल बनाउने निर्णायको भार भूपु खेलाडी एनपी राई,टी.बी लेप्चा,सिठु मोक्तान अनि देवेन्द्र राईले लिएका थिए | यसरी आजको फुटबल खेलको अतिथिहरुमा रतन लामा,गगन राई,किशान बुडाथोकी,एम.बी रसाईली,मदन कुमार थापा,बिकाश गुरुङ आदि रहेका थिए | उक्त खेला सम्पन्न गराउनको निम्ति मङपु कुलैन बगानबाट पुराएको सहयोगप्रति रबीन्द्र स्मृति कल्याण केन्द्रका प्रभारी दवारा  आभार व्यक्त गरेका छन |

 स्वतन्त्रता दिवश च्यालेन्ज फुटबल खेल हुने

प्रत्येक बर्ष झैँ यस बर्ष पनि मङपु खेलकुद संघको तत्वधानमा स्वतन्त्र दिवश समारोह मङपु जनमैदानमा भब्यताको साथ सम्पन्न हुन् गईरहेको छ | उक्त दिन स्वतन्त्रता दिवश च्यालेन्ज सिल्ड नकआउट फुटबल टुरनामेन्ट सिनियरको फाईनल खेल पनि हुनेछ भने बिजेता अनि उपबिजेता दलललाई संघको पक्षबाट नगद राशी पुरुस्कार साथै ट्रफी प्रदान गरिनेछ | यसर्थ उक्त फुटबल खेल खुल्ला राखिएको हुनाले इत्छुक दलका खेलाडीहरुलाई आगामी २८ जुलाई सम्ममा मङपु खेलकुद संघका सचिव राम पोख्रेलसित सम्पर्क गर्ने समतिले अनुरोध गरेका छन |
loading...

आज स्थानीय मङपु जन मैदानमा आदर्श श्रमिक कल्याण पश्चिम बंगाल सरकारको आयोजनमा अन्तर विभागीय एक दिने फुटबल खेल भूपु खेलाडी एन.पी राईको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.