रम्बी ज्ञानपीठ विधालयमा रबीन्द्र ओपन अध्ययन केन्द्र खोलिने

Rabindra open schooling in rungbee jnanpith higher secondary school mungpoo
प .बंगाल सरकारको नियम  अनुसार १९ अप्रेल २०१५ को दिन दार्जीलिंङ जिल्ला निरीक्षक अनि रबीन्द्र ओपन बिधालय ( The West Bengal Council of Rabindra Open Schooling ) को अध्यक्ष साथै सम्पूर्ण उच्चतर माध्यमिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा जिल्लाको प्रत्येक क्षेत्रमा रबीन्द्र ओपन बिधालय संचालन गर्ने प्रस्ताव पारित गरियो| जसमा रंगली रगलीयट क्षेत्रमा मङपु रम्बी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालय ( Rungbee Jnanpith Higher Secondary School ) लाई अद्ध्यान केन्द्रको रुपमा चयन गरिएको छ | तथापी एनसीटीई अनि सुप्रिम कोर्टको आदेश अनुसार एस.एस.के, प्राइमेरी रेगुलर टिचर अनि प्राइमेरी प्यारा टिचरहरुलाई एचएस सम्म ५० प्रतिसत अंक प्राप्त गर्न हेतु उक्त आदेशलाई पालन गर्न अति महत्वपूर्ण रहेको छ | यसरी नै एचएस एपियर र अन उतीर्ण हुनेहरुले पनि यदि प्रमाण पत्र छ भने उक्त प्रमाण पत्रको आधारमा भर्ना  लिनुपर्ने अनि एक बर्षको कोर्स गर्न पर्नेछ | ग्रेजुएट अनि एमए  गर्नेहरुले पनि यदि एचएसमा ५० प्रतिसत अंक प्राप्त गरेको छैन भने उनीहरुले पनि एक बर्षको कोर्स नितान्त रुपमा गर्न पर्नेछ | यदि माध्यमिक परीक्षा मात्र उतीर्ण भए उनीहरुले  दुई बर्षको कोर्स गरि ५० प्रतिसत अंक प्राप्त गर्न आवश्यक छ | उक्त सम्पूर्ण बिषयमा जानकारीको निम्ति  मङपु  रम्बी ज्ञानपीठ उच्चतर माध्यमिक विधालयकै प्रधान अध्यापक बीके गुरुङलाई कार्यलयमा आएर सोझै  सम्पर्क राख्ने रङलीरङलीयट क्षेत्रका इत्छुक शिक्षक शिक्षिकावर्गलाई अपील गरेका छन |
loading...

प .बंगाल सरकारको नियम अनुसार १९ अप्रेल २०१५ को दिन दार्जीलिंङ जिल्ला निरीक्षक अनि रबीन्द्र ओपन बिधालयको अध्यक्ष साथै सम्पूर्ण उच्चतर माध्यमिक विधालयका प्रधानाध्यापकहरुको उपस्थितिमा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.