जीटीएको मूल बजेट दागोपाप बजेट हेड २५५१ मा आइरहेको गोरामुमोको दाबी

Mann Ghisingh addressing party meeting in Darjeeling
शनिबारको दिन गोरामुमो केन्द्रीय समितिको आयोजनमा दार्जीलिंग,खरासंग,अनि कालेबुङ महकुमा समितिको सयुक सभा दार्जीलिंङ स्थित पार्टी कार्यलयमा गोरामुमो केन्द्रीय समिति अध्यक्ष मन घिसिंङको अध्यक्षतामा सम्पन्न भयो | सभाको शुरुमा भुईचलो प्रकोपमा परेर ज्यान गुमाउने मृतआत्माहरुको आत्मा शान्तीको निम्ति दुई मिनटको मौन धारण साथै भुईचलो पिडीत परिवार प्रति शोकसमवेदना प्रकट गरियो | भुइचालोले दार्जीलिंङ पहाडमा जुन क्षति पुराएको छ ती आहत परिवारले कुनैपनि भेदभाव बिना क्षतिपूर्ति पाउनु पर्छ भन्ने गोरामुमोले सभामा प्रस्ताव पारित गरियो | सभामा दार्जीलिंङमा जीटीए गठन भईसके पछि पनि विभिन्न सरकारी कागजपत्रमा दागोपापकै नाम रहेकोले अनि जीटीएको मूल बजेट पनि दागोपापकै बजेट हेड २५५१ मा आउने गरेकोले सरकारी निकायमा आज पनि दागोपाप नै अस्तित्वमा छ भन्ने कुराको सभामा चर्चा भयो | त्यसपछि दार्जीलिंङ पहाड र भारत भरि बसेका गोर्खा जातिको सुरक्षा र चिनारीको निम्ति गोरामुमो अध्यक्ष स्व: सुबास घिसिंङ राज्य सरकार अनि केन्द्र सरकार माझ २२ अगष्ट १९८८ साथै दिसम्बर २००५ मा जुन सम्झौता भएको थियो त्यसको राज्य र केन्द्र सरकारको पक्षबाट ठाड़ै उलंगन र व्यवस्था भएकोमा सभाले घोर  भत्सर्ना गर्यो साथै यो उलंघन र व्यवस्थाबारे भारतको केन्द सरकारलाई पार्टीको तर्फबाट अल्टीमेटम दिदै आगामी केहि दिन भित्रमा पार्टीले यद्ददस्ता चडाउने साथै राज्य र केन्द्र सरकारबाट यथाशीग्र सन्तोषजनक रेसपोन्स नपाएको खण्डमा पार्टीको मुल मांग गोर्खाल्याण्ड तर्फ अघि बढ्ने प्रस्ताव ग्रहण गरियो भन्ने जानकारी एक बिज्ञप्ती मार्फत गोरामुमो पार्टी शीर्ष नेता एन.बी.छेत्रीले  दिएका छन |
loading...

शनिबारको दिन गोरामुमो केन्द्रीय समितिको आयोजनमा दार्जीलिंग,खरासंग,अनि कालेबुङ महकुमा समितिको सयुक सभा दार्जीलिंङ स्थित पार्टी कार्यलयमा गोरामुमो केन्द्रीय समिति अध्यक्ष मन घिसिंङको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.