यस बर्षको माध्यमिक परीक्षामा मङपुबाट ९० प्रतिशत विधार्थीहरु उतीर्ण भएका छन | मङपु सरस्वती उच्चतर माध्यमिक विधालयबाट ७४ जना परीक्षार्थीहरु मध्ये ७ जनाले प्रथम, १९ जना दोश्रो अनि ४८ जना तेस्रो बन्न सक्षम बनेका छन भने ७२.२ प्रतिसत लिएर लीडीया डुक्पा स्कुल टपर बनेका छन | यसरी स्थानीय शारदा उच्च माध्यमिक विधालयबाट ४६ जना परीक्षार्थीहरु मध्ये २ जना प्रथम, १४ जना दोश्रो अनि २४ जना तेस्रो साथै ६ जना सफल भएका छन भने यस बिधालयबाट पनि सय प्रतिसत विधार्थीहरु उतीर्ण भएका छन | अर्कोतिर रङबी ज्ञानपीठ उच्चतर माध्यमिक बिधालयबाट पनि सय प्रतिसत विधार्थीहरु उतीर्ण बनेका छन | यस बिधालयबाट २९ जना बिधार्थीहरु मध्ये सबै जना नै अब्बल दर्जामा उतीर्ण भएका छन भने बिधालय टपर बनेका दिब्य शेर्पाले जीवबिज्ञानमा ९७ अंक प्राप्त गरेका छन | यस्तै गरि लाब्दा माध्यमिक शिक्षा केन्द्रबाट १३ जना प्रीक्षाथीहरु मध्ये ९ जना सफल बनेका छन | स्थानीय अगमसिह गिरी बिधालयबाट पनि १४ जना परीक्षाथीहरु मध्ये सय प्रतिसत उतीर्ण बनेका छन भने यस बिधालयबाट लगातार रुपमा पाचौ पल्ट पनि सयप्रतिसत बिधार्थीहरु उतीर्ण बनेको बिधालयका प्रधान अध्यापक रुपास बम्जनले जानकारी दिएका छन |
मङपुबाट ९० प्रतिशत बिधार्थीहरु माध्यमिक उतीर्ण
loading...
Post a Comment
We love to hear from you! What's on your mind?