दार्जीलिंङ डाली पुलिस बिजय

Himali Terai Dooars Sports Festival 2015
हिमाली तराई डुवर्स स्पोर्ट्स फेस्टिबल २०१४ अनि २०१५ (Himali Terai Dooars Sports Festival 2015)अन्तर्गत दार्जीलिंङ जिल्ला पुलिसको आयोजनमा फुटबल  चाम्पिएनसिपको फाईनल खेल आज स्थानीय खोरीबारी जनमैदानमा  दार्जीलिङ डाली पुलिस अनि  खोरीबारी पी.एस.माझ सम्पन्न भयो | पुलिस अनि स्थानीय जनता माझ मैत्री भावना सम्बन्धलाई कायम राख्न नै यस प्रकारको फुटबल खेलको आयोजना गरिएको जानकारी दार्जीलिंङ पुलिस अधिकक्षकले बताएका छन | आजको फुटबल फाईनल खेलको प्रमुख अतिथि नर्थ बंगाल पुलिस आई.जी. जावेद सहिम अनि दार्जीलिंङ पुलिस एसपी अखिलेस चतुर्बेदी उपस्थित थिए | खेलको पहिलो हाफमा दार्जीलिंङ पुलिसको पक्षबाट पहिलो एक मात्र गोल गरियो भने दोस्रो हाफको १० मिनटमा नै खोरीबारी पीएसले लगतै गोल सुलाऊन सक्षम बनेर आजको फाईनल खेल रोमानचक बन्यो | यसरी खेलको अन्त्यमा दार्जीलिंङ डाली पुलिसको पक्षबाट दोस्रो गोल गरेर दार्जीलिंङ डाली पुलिस २-१ गोलले विजय बन्न सफल बन्यो | आजको फुटबल फाईनल खेलको बिजय दललाई नर्थबंगल आईजी(आईपीएस)जावेद सहिम अनि पराजय दललाई दार्जीलिंङ एसपी(आईपीएस) अखिलेश चतुर्बेदीको बाहुलीबाट ट्रफी सहित नगद राशी प्रदान गरियो | आजको फुटबल फाईनल खेल हेर्न व्यापक दर्शकवर्गको उपस्थिति रहेको थियो |
loading...

हिमाली तराई डुवर्स स्पोर्ट्स फेस्टिबल २०१४ अनि २०१५ (Himali Terai Dooars Sports Festival 2015)अन्तर्गत दार्जीलिंङ जिल्ला पुलिसको आयोजनमा फुटबल चाम्पिएनसिपको फाईनल खेल आज

Read latest post filed under sports

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.