अन्तराष्ट्रिय बाईक चोर बाईक सितै मङपुमा पक्राउ

nepal bike robber arrested in mungpoo
मङपु पुलिस दलले पेट्रोलिंङ गरिरहेको समय अन्तराष्ट्रिय बाईक चोर्ने गिरोह  पक्राऊ गरिएको जानकारी मङपु पुलिस अधिकारीले दिएका छन | हिज राती दार्जीलिंङ बैंक अफ बरोदा नजिकमा राखिएको दुई वटा निलो रंगको  प्लसर बाईक रति १२.३० बजे तिर राखिएको ठाउँमा बाईक मालिकहरुले  नभेटिए पछि उनीहरुले एउटा  गाडीमा चढेर आफ्नो हराएको बाईकको खोजि तलाशमा निक्ले | यसरी बाईक मालिकहरुले  दार्जीलिंङ सदर थानामा बाईक चोरेको सूचना दिएर खोज तलाश अभियानमा निस्के | उनीहरुले दार्जीलिंङ देखि तीनमाइल हुदै मङपु रोड भएर बाईक चोर्ने गोरोह राष्ट्रिय राजमार्ग ३१ए मा  निस्केको हुन सक्ने आशंकमामा खोज तलाश गर्दै आउदा ती बाईक चोर्ने गिरोहलाई मङपु देखि तीन किलोमिटर माथि आगो तापीरहेको भेटे तर गाडी रोक्ने बितिकै ती बाईक चोर्ने गिरोह एउटा बाईक छोडेर अर्क्रो एउटा मात्र  बाईक  चोरेर भाग्न सफल बने | यसरी बाईक मालिक अनि साथीहरुले ती बाईक चोर्ने गिरोहलाई खेदै जादा मङपु पुलिसको सहायतामा एक जना बाईक चोर भने पुलिसको पन्जाबाट फुत्किन सकेन् | ती बाईक चोरले ज्यादा तेज गतिमा बाईक चोरेर भागेको कारण मङपु देखि २ किलोमिटर तल पुगेर बाईक सडक देखि ५० मिटर झर्न पुग्यो जसको कारण एक जना बाईक चोर नेपाल काकारीभित्ता निवासी सुदीप राई पक्राउ परेको छ | ती बाईक चोर नेपाल झाप्पा जिल्ला निवासी नरेन्द्र बहादुर राईको छोरा सुदीप राई रहेको छ | चोर राईले  आफु सित नै बाईक चोर्न  आएको दुई बाईक चोर मीडल माझी अनि प्रफुल्ला राजबंङसी भने भागेको कुरो पुलिसको अगाड़ी  स्वीकार   गरेको छ | उक्त बाईक चोरहरु नेपालको रहेको कारण यिनीहरु अन्तर्राष्ट्रिय स्तरको बाईक चोर्ने  गिरोह  रहेको पुलिसले शंका गरेको छ | स्मरण रहोस आज भाग्न सफल भएका बाईक चोर मीडल माझी भने यस भन्दा अघि पनि बाईक अनि गाडी चोरी काण्डमा धेरै पल्ट पुलिसले पक्राऊ गरिसकेको बिशेष सुत्रद्वारा थाहा लागेको छ | ती  २२० मोडल निलो पल्सर WB74.AD.9297 को मालिक रियास राई तुंङसुंङ निवासी रहेका छन भने  अर्को 180T.C नम्बर पल्सर बाईक मालिक जुलेस राई तकभर चियाबगान फस्ट डीभिजन निवासी रहेको मालिक स्वयमले बताएका छन | बाईक मालिक जुलेस राईले १८० मोडल पल्सर टीसी बाईक किनेको आज केवल तीन दिन मात्र भएको कुरो पत्रकारहरु अघि बताए | उनीहरु साथीभाई मिलेर दार्जीलिंङ बैंक अफ बरोदा अघि तीन वटा बाईक एउटा अनि दुईवटा पल्सर राखेको जनाउदै त्यस ठाउमा राती उठ्दा दुईवटा प्लसर  भने राखिएको ठाउँबाट हराएको थाहा पाए पछि आफ्नो बाईक हराएको खोजीमा पछि पछि गाडी लिएर मङपु सम्म आईपुगेको अनि मङपु पुलिसको सहायतामा दुईवटा बाईक नै पाउन सफल भएको बाईक मालिकले जनाए | बाईक मालिक दुईले आफ्नो बाईक हराएको प्राथामिकी दार्जीलिंङ सदर थानामा गरिएको कारण मङपु पुलिसले पक्राऊ परेको दुईवटा बाईक सहित चोर सुदीप राई दार्जीलिंङ पुलिसलाई सुम्पिएको छ |
loading...

मङपु पुलिस दलले पेट्रोलिंङ गरिरहेको समय अन्तराष्ट्रिय बाईक चोर्ने गिरोह पक्राऊ गरिएको जानकारी मङपु पुलिस अधिकारीले दिएका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.