एनएचपीसीद्वरा महिला स्वनिर्भर दलको बेयूटीसियन तालीम समाप्त

Beautician training for Darjeeling Rongchong Orange Production or DROPS by NHPC
टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसीले परियोजना निर्माण संग संगै वरिपरि क्षेत्रहरुमा सामाजिक  बिकाशमुलक कार्यहरु पनि गर्दै आईरहेका छन | यसरी एनएचपीसी सीएसआर अनि एसआर. बिभागको नेतृत्वमा स्थानीय महिलाहरुलाई आफै आफ स्वनिर्भर बन्नको निम्ति मङपु विभाग भित्र पर्ने स्वनिर्भर दल “दार्जीलिंङ रोंङचोङ ओरेन्ज प्रोडक्सन” (ड्रप्स) (Darjeeling Rongchong Orange Production or DROPS) का १८ जना महिलाहरुलाई ब्यूटीसियन (श्रीङगार)को तीन महिने तालिम दिइरहेका थिए | यस  सृंगार तालीम कार्यक्रम दार्जीलिंङ नेहरु युवा केन्द्र (Nehru Yuva Kendra Darjeeling) अनि एनएचपीसीको सयुक्त तत्वधानमा सम्पन्न भएको थियो | आजको समापन कार्यक्रमको अन्तिम दिन ब्यूटीसियन (श्रीङगार) तालीममा  प्र्याकटिकल अनि थियोरिक्ल दुई क्षेत्रमा सफल हुने स्वनिर्भर दलका महिलाहरुलाई एनएचपीसीका अधिकारीद्वारा  प्रमाण पत्र बितवारण गरियो | उक्त तालिम दिनको निम्ति कोलकत्ताबाट पनि प्रशिक्षकवर्ग उपस्थित रहेको जानकारी  एनएचपीसीका अधिकारीले दिएका छन | यस सृंगार तालिम दिए वापत ड्रप्स महिला स्वनिर्भर दलले एनएचपीसी अनि दार्जीलिंङ युवा केन्द्रलाई आभार व्यक्त गरेका छन |
loading...

टिस्टा जलबिधुत परियोजना चरण तीन एनएचपीसीले परियोजना निर्माण संग संगै वरिपरि क्षेत्रहरुमा सामाजिक बिकाशमुलक कार्यहरु पनि गर्दै आईरहेका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.