मङपुमा गोरामुमोको सभा, दागोपाप फर्काइ ल्याउन धारावाहिक पथ सभा गर्ने

gnlf rally in mungpoo to bring back dghc
गोरामुमो मङपु शाखाको तत्वाधानमा गोरामुमो समर्थकहरुले दागोपाप झट्टै फर्काइदेउ  भन्दै रेसेप कटुवाल गोलाई देखि मङपु बस स्ट्यान्ड सम्म एक रयाली निकाले | उक्त रल्यी नालीडाड़ा आइपुगी पथ सभामा परिणत भयो | सभालाई सम्बोधन गर्दै गोरामुमो खर्सांग ब्रान्च कमिटि सचिव रबिन लामाले सरकारले आँखामा धुलो हालेर जीटीए थोपेको आरोप लगाउदै जीटीएले राष्टिय चिन्हारी नबोक्ने ठोकुवा गरे | सचिव लामाले सरकारले दागोपापलाई झट्टै फर्काउनु पर्छ,नत्र छैटौं अनुसूची दिन पर्छ,नत्र गोर्खाल्याण्ड दिन पर्छ भनि मांग गरे | उनले हरियो झन्डाले मात्र माटो र जातिको उद्दार गर्नेछ भनि जनाए | गणेश ठकुरीले संचालन गरेको सभामा गोरामुमो खरसंग ब्रान्च कमिटिका प्रचार प्रसार सचिव  दया देवानले गोर्खाहरुको अस्तीत्व र जाति चिनाउने पवित्र शब्द गोर्खाल्याण्ड हो र सुबास घिसिंङ  अन्तर हिर्दयबाट निस्केको पवित्र शब्द पनि गोर्खाल्याण्ड हो तर आज बिपकक्षीहरुले यसलाई मागी खाने भाडो बनाएको आरोप लगाए | तपाई हामी पहाड बचाउनु जाग्नु पर्छ ,संबिधानमा पास भईसकेको  छैटौं अनुसूची तपाई हामीले लागु गराउनु पर्छ र दशैँ र तिहार पछि गोरामुमोले बृहत रुपमा आन्दोलन गर्ने उनले बताए | तर आज गोजमुमोले ११वटा जातिलाई जनजाती बनाउछु भन्दैछौ त्यो चै के छैटौ अनुसुची होइन भनि प्रश्न राखे यदपि गोजामुमुले ११वटा जातिलाई पनि जनजाति बनाएर देखाऊ हामी हेर्छौ भनि प्रश्न राखे | हामी झोडा र नाला बनाउनु निस्केको पार्टी होइन भन्दै गोरामुमो जाति र अस्तित्वको उथान निम्ति निस्केको पार्टी हो भन्दै प्रत्येक आइतबार गोरामुमोले दागोपाप फर्काइ ल्याउने  मांग गर्दै पथ सभा चारै तिर गर्ने देवानले बताए |
loading...

गोरामुमो मङपु शाखाको तत्वाधानमा गोरामुमो समर्थकहरुले दागोपाप झट्टै फर्काइदेउ भन्दै रेसेप कटुवाल गोलाई देखि मङपु बस स्ट्यान्ड सम्म एक रयाली निकाले |

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.