रम्बी बीपीएचसीमा जापानिज एनसेफालाईटिस सचेतना कार्यक्रम

Sabhasad aasha Gurung Japanese encephalitis awareness camp rambi
जापानिज एनसेफालाईटिस (Japanese encephalitis)  रोग निवारण हेतु आज रम्बी प्राथामिक स्वास्थ्य केन्द्रको आयोजनमा स्थानीय रम्बी बजार सार्बजनिक भवनमा चिकित्सा शिबिर सम्पन्न भयो | समारोहका प्रमुख अतिथि आशा गुरूङले जापानिज एनसेफालाईटिस रोग निवारण हेतु जीटीए स्वास्थ्य विभागको पक्षबाट चारैतिर सचेतना कार्यक्रम गरिरहेको बताउदै हालमा जीटीए स्वास्थ्य विभागको पक्षबाट सम्पूर्ण जीटीए क्षेत्रको स्वास्थ्य केन्द्रहरुमा बिकासको कार्यहरु गरि रहेको बताए | उनले सबैलाई सेवाको भावनाले  अघि बढ्ने अपील गर्दै आफु स्वास्थ्य विभागको सभासद रहेको हुनाले आफुले  पनि सेवाको भावनाले कार्य गर्ने बताए | उनले आफ्नो कार्यलाई कर्ममा पनि परिणत गरिसकेको जनाउदै दार्जीलिंङ सरकारी आस्पतालामा आईसीयु र सीसीयु को पनि व्यवस्था गरिसकेको ठोकुवा गरे | श्रीमती गुरूङले घिसिंङले २१ बर्ष सम्म नगरेको कार्य आज जीटीए स्वास्थ्य विभागले चारै तिर द्रुत गतिमा बिकास  गरिरहेको ठोकुवा गर्दै  पालै पालो  गरेर चारै तिरको स्वास्थ्य केन्द्रहरुमा बिकासको काम गर्ने बताए साथै यस रम्बी प्राथामिक स्वास्थ्य केन्द्रमा पनि बिकासको कार्यहरु क्रमैले गर्ने जनाए | यसरी जापानिज एनसेफालाईटिस रोग निवारण हेतु डा.देवेन्द्र प्रधानले पनि प्रोजेक्टरको माध्यमबाट चित्र प्रदर्शन गराउदै जापानिज एनसेफालाईटिस रोग निवारण हेतु 15 बर्ष भन्दा तलका नानीहरुलाई जेई खोप दिन पर्ने,बिशेष यस रोग क्युलेक्स मच्छर द्वारा हुने भएको कारण उक्त मच्छर देखि बाच्न घर वरिपरि साफ सफाई राख्नु पर्ने,  क्युलेक्स भाईरस मच्छर सुँगुर तथा बन्यजीवि पक्षीहरुबाट आउने हुनाले यस प्रकारको पशु तथा पक्षीबाट टाडा रहन पर्ने सल्लाह  दिए | यस रोगले भेटेको मानिसहरुलाई पहिले टाउको  दुख्ने  अनि पछिबाट ज्वरो आउने लक्षण भएमा तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्रमा गई जाच गराईहाल्ने सल्लाह दिए | यसरी रम्बी प्राथामिक स्वास्थ्य केन्द्रका बीएमओंएच डा.सी.के छेत्रीले घास भएको जमेको पानीमा यस क्युल्यस भाईरस मच्छर हुने गरेको कारण घर वरिपरि सधै सबैले साफसफाई राख्ने अपील गरे | उनले रम्बी प्राथामिक स्वास्थ्य केन्द्रमा अहिले सम्ममा कसैलाई पनि जापानिज एनसेफालाईटिस रोग नभेटिएको  बताउदै रम्बी बीपीएचसीको तत्वधानमा २०१३ सालमा नै १४३२० जनालाई एनसेफालाईटिस रोग निवारण हेतु  खोप दिसकेको साथै रोग निवारणको निम्ति मङपङ  अनि अन्य ठाउमा सचेतना शिबिर आयोजन गरिसकेको जनाए | समारोहका बिशिष्ट अतिथि क्षेत्रीय सभासद रतन थापाले यस प्रकारको जनचेतनामुलक कार्यक्रममा ग्रामबासीको सभागित हुन जरुरी रहेको बताउदै घरवरिपरि साफसफाई राखेर रोग फैलिनु नदिनु नै यसको औषधी हो भनि बताए | कार्यक्रममा रम्बी ग्रामसुधार समितिका राजेन मुखियाले जनताको पक्षमा रम्बी बीपीएचसीमा धेरैवटा अपुग समस्यबारेमा औगत गराउदै  सम्बन्धित विभागले चाडै नै उक्त बिषयमा पहल गरिदिने अपील गरे | यस सचेतना शिविरमा दार्जीलिंङ सीएमओंएच ए.विश्वास,जीटीए स्वास्थ्य बिभाग निर्देशक एस.डी.भुटिया,डा.जे भुटिया,एनएचपीसीका डा.प्रसाद,सीडीपीओं डा. बानी लामा,अनि एस लियो आदिले सम्बोधन गरे | आजको सचेतना कार्यक्रमको संचालन सुबास प्रधानले गरेका थिए भने कार्यक्रमको अध्यक्ष डा एस लियोले गरेका थिइन् |
loading...

जापानिज एनसेफालाईटिस (Japanese encephalitis) रोग निवारण हेतु आज रम्बी प्राथामिक स्वास्थ्य केन्द्रको आयोजनमा स्थानीय रम्बी बजार सार्बजनिक भवनमा चिकित्सा शिबिर सम्पन्न भयो |

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.